असोज १६, कपिलवस्तु । कुष्ठरोग रोकथामका लागी आइतबार कपिलवस्तुमा १२६ जनालाई औषधी खुवाइएको छ ।

गजेहडा स्वास्थ्य चौकी क्षेत्र भित्र रहेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १६, कपिलवस्तु । कुष्ठरोग रोकथामका लागी आइतबार कपिलवस्तुमा १२६ जनालाई औषधी खुवाइएको छ ।

गजेहडा स्वास्थ्य चौकी क्षेत्र भित्र रहेका"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा १ सय २६ जनालाई कुष्ठरोग सर्न नदिने औषधी खुवाइयो

१६ आश्विन २०७३, आईतवार १३:३४


असोज १६, कपिलवस्तु । कुष्ठरोग रोकथामका लागी आइतबार कपिलवस्तुमा १२६ जनालाई औषधी खुवाइएको छ ।

गजेहडा स्वास्थ्य चौकी क्षेत्र भित्र रहेका हरिहरपुर ,चम्कीपुर,डुँगहवा लगायत स्थानका कुष्ठरोग संक्रमित घरपरिवारका सदस्य हरु र छिमेकी घरपरिवारका सदस्य हरुलाई कुष्ठरोग लाग्न नदीने रिफ्यामपिसीन नामक औषधी खुवाइएको हो । यो औषधीले स्वस्थ व्यक्तिमा संक्रमित बाट रोग सर्ने सम्भावना २ बर्षका लागी ६० प्रतिशत ले कम गर्ने गर्दछ ।

उक्त औषधी खाइसकेपछि कुष्ठरोग आफुमा सर्ने संभावना  निकै कम भएको डुँगहवाका मदन मल्ल ले बताउनु भयो । सरकारले कपिलवस्तुका कुष्ठरोग अति प्रभावित १० स्वास्थ्यचौकी क्षेत्रभित्रका बस्तिहरुमा औषधी खुवाउन सुरु गरेको छ ।

सोमबार डुँगहवाको छुटेको बस्ती, गजेहडा, सिउटी र कर्माहानामा औषधी खुवाइनेछ । गजेहडा स्वास्थ्य चौकी का सिनियर अहेव अधिकृत कमल ज्ञवाली,कृष्ण प्रसाद घिमिरे र स्थानिय महिला स्वास्थ्य स्वयमसेवीका हरुको सक्रियतामा औषधी खुवाइएको थियो । कुष्ठरोग , क्षयरोग संक्रमित व्यक्ति र गर्भवति महिला ले खान नहुने उक्त औषधी खाएको अर्काे दिन पिसाव रातो देखिने बाहेक अरु असर नहुने अधिकृत ज्ञवालीले बताउनुभयो ।

कुष्ठरोग नियन्त्रण का लागी सरकार र विश्व स्वास्थ्य संगठनले तोकेको संक्रमण दर हरेक १० हजारमा एक भन्दा कममा झार्ने लक्ष्य रहेकोमा कपिलवस्तुमा कुष्ठरोग संक्रमित संख्या त्यसभन्दा पनि अझ घट्ने स्वास्थ्य कर्मिहरुको दावी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ