२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

उपाधिका लागि आर्मी र सशस्त्र भिड्ने

२४ कार्तिक २०७२, मंगलवार ०७:०६

कात्तिक २४, हेटौंडा । केशवलाल स्मृति राष्ट्रिय
पुरुष भलिबल प्रतियोगिता–२०७२ को उपाधिका लागि मंगलबार नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफले
प्रतिस्पर्धा गर्ने भएका छन् ।युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा हेटौंडा–२९, बस्तीपुरस्थित
निर्मल बहुमुखी क्याम्पसको भलिबल कोर्टमा जारी प्रतियोगिताको उपाधिका लागि विहान आठ बजे दुई टोलीले
प्रतिस्पर्धा गर्नेछन् । अन्तिम चारमा एपीएफले पश्चिमाञ्चल र नेपाल आर्मीले स्व. लक्ष्मीनारायण
ट्रष्टलाई पराजित गर्दै उपाधि नजिक पुगेका थिए । सेमिफाइलनमा पराजित पश्चिमाञ्चल र ट्रष्टले तेस्रो
स्थानका लागि सोमबार विहान भएको प्रतिस्पर्धामा पश्चिमाञ्चलले विजयी भएको छ ।

पश्चिमाञ्चलले
ट्रष्टलाई २५–१५, २५–२० र २५–१८ को सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको हो । तेस्रो हुने
टोलीले २५ हजार रुपियाँ र चौथो हुने टोलीले १५ हजार रुपियाँ प्राप्त गरेका छन् । प्रचारप्रसार संयोजक
प्रकाश थोकरका अनुसार प्रतियोगिताको समापनका दिन एपीएफको महिला टोली र न्यू डाइमण्ड महिला टोलीबीच
मैत्रीपूर्ण खेल हुने कार्यक्रम तय भएको छ । दुबै टोली सोमबार हेटौंडा आइसकेका छन्

प्रतियोगिताको प्रतिस्पर्धासँगै मनोरञ्जन प्रदानका राष्ट्रिय तथा स्थानीय कलाकारबाट
मनोरञ्जनात्मक कार्यक्रम सञ्चालनको समेत व्यवस्था मिलाइएको आयोजक सल्लाहकार तथा प्रविधिक संयोजक बसन्त
सिटौलाले जानकारी दिए । प्रतियोगितामा देशका चर्चित विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिता कात्तिक २० गते शुक्रबारबाट सुरु भएको हो । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ७५
हजार रुपियाँ र ४५ हजार रुपियाँ प्राप्त गर्नेछन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…