२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

उपाधिका लागि आर्मी र सशस्त्र भिड्ने

२०७२, २४ कार्तिक मंगलवार ०७:०६

कात्तिक २४, हेटौंडा । केशवलाल स्मृति राष्ट्रिय
पुरुष भलिबल प्रतियोगिता–२०७२ को उपाधिका लागि मंगलबार नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफले
प्रतिस्पर्धा गर्ने भएका छन् ।युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा हेटौंडा–२९, बस्तीपुरस्थित
निर्मल बहुमुखी क्याम्पसको भलिबल कोर्टमा जारी प्रतियोगिताको उपाधिका लागि विहान आठ बजे दुई टोलीले
प्रतिस्पर्धा गर्नेछन् । अन्तिम चारमा एपीएफले पश्चिमाञ्चल र नेपाल आर्मीले स्व. लक्ष्मीनारायण
ट्रष्टलाई पराजित गर्दै उपाधि नजिक पुगेका थिए । सेमिफाइलनमा पराजित पश्चिमाञ्चल र ट्रष्टले तेस्रो
स्थानका लागि सोमबार विहान भएको प्रतिस्पर्धामा पश्चिमाञ्चलले विजयी भएको छ ।

पश्चिमाञ्चलले
ट्रष्टलाई २५–१५, २५–२० र २५–१८ को सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको हो । तेस्रो हुने
टोलीले २५ हजार रुपियाँ र चौथो हुने टोलीले १५ हजार रुपियाँ प्राप्त गरेका छन् । प्रचारप्रसार संयोजक
प्रकाश थोकरका अनुसार प्रतियोगिताको समापनका दिन एपीएफको महिला टोली र न्यू डाइमण्ड महिला टोलीबीच
मैत्रीपूर्ण खेल हुने कार्यक्रम तय भएको छ । दुबै टोली सोमबार हेटौंडा आइसकेका छन्

प्रतियोगिताको प्रतिस्पर्धासँगै मनोरञ्जन प्रदानका राष्ट्रिय तथा स्थानीय कलाकारबाट
मनोरञ्जनात्मक कार्यक्रम सञ्चालनको समेत व्यवस्था मिलाइएको आयोजक सल्लाहकार तथा प्रविधिक संयोजक बसन्त
सिटौलाले जानकारी दिए । प्रतियोगितामा देशका चर्चित विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिता कात्तिक २० गते शुक्रबारबाट सुरु भएको हो । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ७५
हजार रुपियाँ र ४५ हजार रुपियाँ प्राप्त गर्नेछन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन