मोहत्सवको मिति सार्न राजनितिक दलको आग्रह, बिबाद समाधान गर्न आयोजक संग पुन छलफल गरिन

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहत्सवको मिति सार्न राजनितिक दलको आग्रह, बिबाद समाधान गर्न आयोजक संग पुन छलफल गरिन

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दशैँ तिहारको बीचमा भालुवाङ सुचना मोहत्सव नलगाउन सर्वदलीय, सर्वपक्षीय आग्रह

१६ आश्विन २०७३, आईतवार १५:५३

मोहत्सवको मिति सार्न राजनितिक दलको आग्रह, बिबाद समाधान गर्न आयोजक संग पुन छलफल गरिन

न्तोषकुमार गुप्ता । असोज १६ देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव दशैँ तिहारको बीचमा नलाउन सर्वदलीय, सर्वपक्षीय बैठकले आयोजक संग आग्रह गरेको छ । राप्ती उद्योग बाणिज्य संघ भालुवाङको आयोजनामा आईतबार संघको सभाहलमा भएको सर्वदलीय सर्वपक्षीय भेलाले चार्डपर्वको समयमा मोहत्सव लगाउँदा स्थानिय व्यापार, व्यवसायमा प्रतिकुल असर पर्ने भएकोले छड पर्व पछि मात्र लगाउन आयोजक संग आग्रह गरेको हो ।

दशै तिहारको बीचमा स्थानिय व्यापारीको हकहित संरक्षणका लागि समय प्रतिकुल रहेकोले तत्काल मोहत्सवको मिति सार्न र छड पर्व पछि अनुकुल समयमा राप्ती उद्योग बाणिज्य संघ, सम्पूर्ण राजनितिकदल, समाजसेवी, बुद्धिजिवी, उद्योगी, व्यापारी, पत्रकारको सहकार्य र सहमतिमा मात्र मोहत्सव सञ्चालन गर्ने गरी हालको मोहत्सव आयोजक, जिल्ला प्रशासन कार्यालय दाङ र स्थानिय प्रशासन संग आग्रह गरेको छ । गत बर्षको लामो नाकाबन्दी तथा बन्द हड्तालबाट स्थानिय बजार व्यवसाय आकान्त भई व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाई भई व्यापार व्यवसायमा कमी आईरहेको बेला केही समय यता व्यापारमा सुधार भई दशैँ तिहार र छड पर्व बन्दबाट भएको क्षतिलाई कम हुने व्यापारीहरुमा आसा पलाएको अवस्थामा ११ दिने मोहत्सवले असर गर्ने भएको हुँदा छड पर्व पछि मात्र मोहत्सव लागाउन सर्वदलीय, सर्वपक्षीय बैठकले आग्रह गरेको छ । 

संघका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षता एवम् सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका गणपति सैलेन्द्रकुमार भण्डारीको प्रमुख आतिथ्यमा भएको सर्वदलीय, सर्वपक्षीय भेलामा बोल्ने बक्ताहरुले स्थानिय उद्योगी, व्यापारी तथा राजनितिकदलहरुको सहमति मात्र मोहत्सव सञ्चालन गरिनु पर्ने बताएका थिए । उनीहरुले आयोजकले जबजस्ती सोही मितिमा मोहत्सव सञ्चालन गर्न खोजे झडपको बातावरण सिर्जना हुने भएकोले तत्काल मोहत्सवको मिति सार्नुको बिकल्प नरहेको बताएका छन् । संघका सचिव प्रेमबहादुर केसीको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको भेलामा बोल्दै नेपाली काँग्रेस लालमटिया ईकाई सभापति दुर्योधन पाण्डेले दशैँ तिहारको बीचमा कुनै पनि हालतमा मोहत्सव सञ्चालन गर्न नदिने बताए । उनले सोही मितिमा मोहत्सव सञ्चालन गर्न खोज कुनै सहयोग र समर्थन नरहने समेत बताए । नेकपा एमाले लालमटिया गाउँ पार्टी अध्यक्ष शोभाखर भुसालले आपसी सहमति र सहकार्यबाट मोहत्सव सञ्चालनका लागि आयोजक संग आवश्यक छलफल गरिनु पर्ने बताए । त्यस्तै नेकपा माओवादी केन्द्र लालमटियाका अध्यक्ष धर्मराज अधिकारीले मोहत्सवको बिषयमा सहमति र बिरोध कुनै पनि नरहेको बताए । उनले राज्यले दिएको नियम कानुन बिपरित आफ्नो पार्टी नजाने समेत बताए । राप्रपा नेपालका सलिम शाह, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन र राप्रपाका अलिमोहम्मद मियाँले मोहत्सव सञ्चालनका लागि आयोजक संग पुन छलफल गरी वातावरण सहज बताउनु पर्ने बताए । उनीहरुले मोहत्सवको मिति सार्ने वा सोही मिति मै गर्ने बिषयमा भने स्पष्ट धारण व्यक्त गरेनन् ।  राष्ट्रिय जनमोर्चाका क्षेत्रिय अध्यक्ष केशवराज खनालले सुचना, प्रविधिको मोहत्सव भए सबैले सहयोग गर्नु पर्ने अन्यथा व्यापारिक मोहत्सव भए उद्योग बाणिज्य संघकै आयोजनामा सञ्चालन गर्नु पर्ने बताए । उनले यो मोहत्सव तत्काल सञ्चालन गर्ने बातावरण नरहेकोले मोहत्सव स्थगितको माग समेत गरे । नेकपा क्रान्तिकारी माओवादीका गणेश केसी र नेकपा माओवादीका भिमप्रकाश पुनले दशै, तिहारको बीचमा लगाईने मोहत्सव स्थानिय व्यापारीहरुको बिरुद्ध रहेकोले उक्त मोहत्सव छड पर्व पछि मात्र लगाउनु पर्ने धारणा व्यक्त गरे ।


भेलामा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसी, अस्थाई ट्राफिक प्रहरी पोष्टका प्रमुख अम्मर थापा, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष हस्तबहादुर गुरुङ्ग, भालुवाङ होटल व्यवसाय संघका अध्यक्ष भिर्माजुन सुवेदी, नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य टोपबहादुर कार्की, उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, समाजसेवी बहादुरकर्ण केसी, कमल केसी, गिरबहादुर जिएम र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका वक्ताले स्थानिय उद्योगी व्यापारीहरुको अनुकुल तथा आपसी सहमतिका अधारमा मोहत्सव सञ्चालन गर्न स्थानिय राजनितिकदल तथा सरोकारवाला निकायले सहर्जीकरणको भुमिका निर्वाह गर्नु पर्ने बताएका छन् । यसैबीच संघले सर्वपक्षीय, सर्वदलीय भेलाको निर्णयलाई कार्यान्वयन गराउन तथा मोहत्सवकै कारण स्थानिय शान्ति सुरक्षा खलबल हुन नदिन तत्काल आयोजक संघ छलफल गरी मोहत्सवको मिति सार्न हालको आयोजक राप्तीद्धार राष्ट्रिय साप्ताहिक, जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङलाई पत्र पठाई आवश्यक सहयोगका लागि आग्रह समेत गरेको छ । भेलाको सहर्जीकरण संघका कार्यालय प्रमुख सन्तोषकुमार योगीले गरेका थिए ।

    

यता मोहत्सव आयोजक राप्तीद्धार राष्ट्रिय साप्ताहिक तथा इन्द्रणी युवा क्लब पुल्चोक भालुवाङले भने सोही मिति मै मोहत्सव सञ्चालन हुने बताएका छन् । उनीहरुले सोही मिति मै मोहत्सव हुने भन्दै मोहत्सव प्रचार—प्रसार समेत तीब्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले स्वीकृत दिएको असोज २८ गते देखि कात्र्तिक ८ गते सम्म नै मोहत्सव सञ्चालन हुने आयोजक राप्तीद्धार राष्ट्रिय साप्ताहिकका सम्पादक केशव बोहराले जानकारी दिए । मोहत्सवको तयारी अन्तिम चरणमा पुगी सकेकोले कुनै पनि हालतमा मोहत्सवको मिति सार्न नमिल्ने सम्पादक बोहराले जानकारी दिए । मोहत्सवका लागि कलाकार बुकिङ्ग र प्रचारप्रंसारको काम भईरहेको समेत बोहराले बताए । अब एक दुई दिन मै मोहत्सवका लागि सामानहरु समेत आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की