असोज १७,ओखलढुंगा । आसन्न पर्वहरु मर्यादित तरिकाले मनाउन ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले आग्रह गर्नु भएको छ । महान पर्व विजया दशमी शुभदिपावली तथा छट लगाएत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७,ओखलढुंगा । आसन्न पर्वहरु मर्यादित तरिकाले मनाउन ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले आग्रह गर्नु भएको छ । महान पर्व विजया दशमी शुभदिपावली तथा छट लगाएत"/>
८ माघ २०८२, बुधबार
ओखलढुङ्गा - OKL

आसन्न पर्वहरु मर्यादित तरिकाले मनाऔँ : प्रजिअ

१७ आश्विन २०७३, सोमबार ०४:३०

असोज १७,ओखलढुंगा । आसन्न पर्वहरु मर्यादित तरिकाले मनाउन ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले आग्रह गर्नु भएको छ । महान पर्व विजया दशमी शुभदिपावली तथा छट लगाएतका पर्वका समयमा हुन सक्ने फजुल खर्च र गैरकानुनी क्रियाकलाप रोक्न आग्रह गर्दै प्रजिअ अधिकारीले संयमित र मर्यादित भएर आफ्ना पर्वहरु मनाउन सम्पूर्णओखलढुंगा जिल्लाबासी लाई आग्रह गर्नुभएको हो ।


 साझासबालसँग कुरागर्दै  उहाँले नेपालीहरु पर्वका धनि रहेकाले पर्वहरु मनाउँदा सभ्य बन्न जिल्लाबासीलाई आग्रह गर्नुभयो । प्रजिअ अधिकारीले पर्वको समयमा कुनै पनि गैरकानुनी कार्य भएमा तत्काल कडा भन्दा कडा कानुनी कारबाहि गर्ने समेत चेतावनी समेत दिनुभएको छ । ‘म विनम्रताका साथ अनुरोध गर्दछु कृपया पर्वहरुलाई सभ्य र भव्य बनाऔँ’उहाँले भन्नुभयो‘यदि आफ्नो स्वार्थ र चाहाना पुरा गर्ने बहानामा कुनै गैरकानुनी गतिविधी भए हामी कारबाहि गर्न बाध्य हुनेछौँ,पर्वका बेला कसैलाई कारबाहि गर्न नपरोस भन्ने मेरो चाहाना छ ।’ हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी नजिकिएसँगै जिल्लामा चहल पहल छ ।

 बजारहरुमा किनमेल गर्ने र विभिन्न कारणले जिल्लाबाहिर रहेकाहरु पनि धमाधम सदरमुकाम फर्कनेक्रम बढ्को छ । पर्व लक्षीत सुरक्षा व्यवस्था समेत कडा बनाईएको प्रहरीले जनाएको छ ।‘सम्भावीत घटनाहरुको आँकलन गरेर उच्च सुरक्षा सतर्कता अपनाईएको छ’ जिल्ला प्रहरी प्रमुख मिलन केसीले भन्नुभयो‘जुवातास र मदिरा लगाएतको प्रयोग कम गर्न अपील गरेका छौँ,कसैले अटेर गरेको पाईएमा तत्काल कारबाहि हुन्छ ।’ जिल्लाभररहेका प्रहरी युनिटहरुलाई सुरक्षाका लागि तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ