असोज १७,ओखलढुंगा । आसन्न पर्वहरु मर्यादित तरिकाले मनाउन ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले आग्रह गर्नु भएको छ । महान पर्व विजया दशमी शुभदिपावली तथा छट लगाएत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७,ओखलढुंगा । आसन्न पर्वहरु मर्यादित तरिकाले मनाउन ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले आग्रह गर्नु भएको छ । महान पर्व विजया दशमी शुभदिपावली तथा छट लगाएत"/>
२०८२, ७ चैत्र शनिबार
ओखलढुङ्गा - OKL

आसन्न पर्वहरु मर्यादित तरिकाले मनाऔँ : प्रजिअ

२०७३, १७ आश्विन सोमबार ०४:३०

असोज १७,ओखलढुंगा । आसन्न पर्वहरु मर्यादित तरिकाले मनाउन ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले आग्रह गर्नु भएको छ । महान पर्व विजया दशमी शुभदिपावली तथा छट लगाएतका पर्वका समयमा हुन सक्ने फजुल खर्च र गैरकानुनी क्रियाकलाप रोक्न आग्रह गर्दै प्रजिअ अधिकारीले संयमित र मर्यादित भएर आफ्ना पर्वहरु मनाउन सम्पूर्णओखलढुंगा जिल्लाबासी लाई आग्रह गर्नुभएको हो ।


 साझासबालसँग कुरागर्दै  उहाँले नेपालीहरु पर्वका धनि रहेकाले पर्वहरु मनाउँदा सभ्य बन्न जिल्लाबासीलाई आग्रह गर्नुभयो । प्रजिअ अधिकारीले पर्वको समयमा कुनै पनि गैरकानुनी कार्य भएमा तत्काल कडा भन्दा कडा कानुनी कारबाहि गर्ने समेत चेतावनी समेत दिनुभएको छ । ‘म विनम्रताका साथ अनुरोध गर्दछु कृपया पर्वहरुलाई सभ्य र भव्य बनाऔँ’उहाँले भन्नुभयो‘यदि आफ्नो स्वार्थ र चाहाना पुरा गर्ने बहानामा कुनै गैरकानुनी गतिविधी भए हामी कारबाहि गर्न बाध्य हुनेछौँ,पर्वका बेला कसैलाई कारबाहि गर्न नपरोस भन्ने मेरो चाहाना छ ।’ हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी नजिकिएसँगै जिल्लामा चहल पहल छ ।

 बजारहरुमा किनमेल गर्ने र विभिन्न कारणले जिल्लाबाहिर रहेकाहरु पनि धमाधम सदरमुकाम फर्कनेक्रम बढ्को छ । पर्व लक्षीत सुरक्षा व्यवस्था समेत कडा बनाईएको प्रहरीले जनाएको छ ।‘सम्भावीत घटनाहरुको आँकलन गरेर उच्च सुरक्षा सतर्कता अपनाईएको छ’ जिल्ला प्रहरी प्रमुख मिलन केसीले भन्नुभयो‘जुवातास र मदिरा लगाएतको प्रयोग कम गर्न अपील गरेका छौँ,कसैले अटेर गरेको पाईएमा तत्काल कारबाहि हुन्छ ।’ जिल्लाभररहेका प्रहरी युनिटहरुलाई सुरक्षाका लागि तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा