असोज १७, भीमदत्तनगर  । विगत केही सातायता कञ्चनपुरमा जङ्गली हात्तीले आतङ्क नै मच्चाएको छ । 

यहाँको पुनर्बास, त्रिभुवनबस्ती, शङ्करपुरका साथै झलारी, दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७, भीमदत्तनगर  । विगत केही सातायता कञ्चनपुरमा जङ्गली हात्तीले आतङ्क नै मच्चाएको छ । 

यहाँको पुनर्बास, त्रिभुवनबस्ती, शङ्करपुरका साथै झलारी, दै"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा जङ्गली हात्तीले आतङ्क मच्चायो, किसान च्निन्तित

१७ आश्विन २०७३, सोमबार ०५:२६

असोज १७, भीमदत्तनगर  । विगत केही सातायता कञ्चनपुरमा जङ्गली हात्तीले आतङ्क नै मच्चाएको छ । 

यहाँको पुनर्बास, त्रिभुवनबस्ती, शङ्करपुरका साथै झलारी, दैजी, हात्तीथला, दोधारा चादँनी, भीमदत्तनगरपालिकाको वडा नं १३, १४, १८ र १९ लगायतमा हात्ती सधैँ गाउँ पसेर धानबाली र उखुखेतीमा व्यापाक क्षति पुर्याइरहेको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ । 

“चौतर्फी हात्ती आतङ्क हुँदा समस्या भयो ।” जिल्ला वन अधिकृत शिव शर्माले भन्नुभयो– “हात्ती धपाउन विभिन्न उपाय अपनाइए पनि कुनै सीप चलेको छैन ।” 

उहाँले दिनहुँ हात्ती पीडित किसान क्षतिपूर्तिका लागि वन कार्यालयमा धाइरहेको बताउनुभयो । जिल्ला वन कार्यालयले गत वर्ष १०९ जना हात्ती पीडित किसानलाई क्षतिपूर्ति स्वरुप रु सात लाख दिइ सकेको छ । 

यस वर्ष पनि ६८ जना हात्ती पीडित किसानलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढेको छ । दक्षिण क्षेत्रमा भारतको दुधुवा नेसनल पार्कबाट करिब ४०÷४५ को बथानमा आउने हात्तीले रातभरि खेतीमा क्षति पुर्याइरहेको किसानको भनाइ छ । 

हात्ती धपाउन वन कर्मचारी र स्थानीय आगो बाल्ने, पटका पट्काउने, हो हल्ला गर्ने कार्यमा जुटिरहेका छन् । “शङ्करपुर कुण्डा क्षेत्रमा हामीले साइरन समेत जडान गरेका छौँ ।” वन अधिकृत शर्माले भन्नुभयो– “सबैतिर हात्ती पस्दा धपाउन गाह्रो छ ।” 

आरक्षले पनि हात्ती धपाउन आरक्ष सुरक्षार्थ खटिएको भवानीबक्स गण, जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली र स्थानीयवासी जुटिरहेको जनाएको छ । स्थानीयवासी बजार क्षेत्रमै हात्ती आउन थालेपछि त्रसित बनेका छन् । 

शुक्लाफाँटाबाट दैनिक २५/३० को सङ्ख्यामा हात्ती नगरपालिकाका विभिन्न क्षेत्रमा सामूहिक प्रवेश गरेर धानबालीमा नोक्सान पुर्याइरहेका छन् । जिल्लाभरिमा यस वर्ष करिब १०० भन्दा बढी बिगाहामा लगाएको धानबाली हात्तीले नोक्सान पुर्याइसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ