२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

थापाको सफलतालाई सगुनसहित स्वागत

१ मंसिर २०७२, मंगलवार ०५:२९

मंसिर १, हेटौंडा । परराष्ट्र तथा स्थानीय
विकास तथा उपप्रधानमन्त्री कमल थापालाई आज हेटौंडाको नेवाः साँस्कृतिक पुचःले सगुनसहित स्वागत गरेको छ ।
सरकारमा सहभागी भएपछि पहिलोपटक आफ्नो गृहजिल्ला मकवानपुर आएका कमल थापालाई उनको सफलताको लागि भन्दै
नेवार समुदायले स्वागत गरेको हो । नेवार समुदायले गरेको सगुनको स्वागत गर्दै उपप्रधानमन्त्री थापाले
भाषा संस्कृतिको प्रबद्र्धन गर्नु सबैको कर्तव्य भएको बताए ।

उनले नेपालमा धार्मिक तथा साँस्कृतिक विविधता र
त्यसभित्र रहेको नेवाः सँस्कृतिको आफ्नै मौलिक पहिचान रहेको भन्दै नेवाः सँस्कृति समृद्ध र प्रचीन
संस्कृति भएको बताए । यसलाई जोगाएर राख्न नेवाः सँस्कृतिक पुचःले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले
त्यसको प्रशंसा गरे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेवाः साँस्कृतिक पुचःका सल्लाहकार बिके
महर्जनले भाषा संस्कृति जोगाउन नेवाः साँस्कृतिक पुचःले विभिन्न गतिविधि गर्दै आएको बताए ।
कार्यक्रमबारे जानकारी दिँदै नेवाः साँस्कृतिक पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनले नेपाल सरकारको
उपप्रधानमन्त्री भएका कमल थापाको सफलताका लागि सगुन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…