२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

थापाको सफलतालाई सगुनसहित स्वागत

२०७२, १ मंसिर मंगलवार ०५:२९

मंसिर १, हेटौंडा । परराष्ट्र तथा स्थानीय
विकास तथा उपप्रधानमन्त्री कमल थापालाई आज हेटौंडाको नेवाः साँस्कृतिक पुचःले सगुनसहित स्वागत गरेको छ ।
सरकारमा सहभागी भएपछि पहिलोपटक आफ्नो गृहजिल्ला मकवानपुर आएका कमल थापालाई उनको सफलताको लागि भन्दै
नेवार समुदायले स्वागत गरेको हो । नेवार समुदायले गरेको सगुनको स्वागत गर्दै उपप्रधानमन्त्री थापाले
भाषा संस्कृतिको प्रबद्र्धन गर्नु सबैको कर्तव्य भएको बताए ।

उनले नेपालमा धार्मिक तथा साँस्कृतिक विविधता र
त्यसभित्र रहेको नेवाः सँस्कृतिको आफ्नै मौलिक पहिचान रहेको भन्दै नेवाः सँस्कृति समृद्ध र प्रचीन
संस्कृति भएको बताए । यसलाई जोगाएर राख्न नेवाः सँस्कृतिक पुचःले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले
त्यसको प्रशंसा गरे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेवाः साँस्कृतिक पुचःका सल्लाहकार बिके
महर्जनले भाषा संस्कृति जोगाउन नेवाः साँस्कृतिक पुचःले विभिन्न गतिविधि गर्दै आएको बताए ।
कार्यक्रमबारे जानकारी दिँदै नेवाः साँस्कृतिक पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनले नेपाल सरकारको
उपप्रधानमन्त्री भएका कमल थापाको सफलताका लागि सगुन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन