८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउने कारबाहीमा

१७ आश्विन २०७३, सोमबार १०:२४

असोज १७, ललितपुर । जिल्लाका विभिन्न स्थानबाट मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउने १९ जनालाई ट्राफिक प्रहरीले यो आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म कारबाही गरेको छ । 

सार्वजनिक यातायातमा छड्के जाँच गर्दा चालकले मादकपदार्थ सेवन गरेर सवारी चलाएको पाइएको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख सीताराम हाछेंथुले बताउनुभयो । उहाँले भन्नुभयो – “चालकले मादकपदार्थ खाएर सार्वजनिक सवारी चलाउँदा आफ्नो मात्रै नभई अन्य यात्रुको समेत ज्यान जोखिममा पर्दछ ।” 

मदिरा सेवन गरेर सार्वजनिक वा निजी सवारी चलाउँदा चालकलाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही हुन्छ भने ट्राफिक प्रहरीले चालकको सवारी चालक अनुमतिपत्रमा प्वाल पार्दै आएको छ । 

सार्वजनिक मुद्दामा भने चालकले जेल सजायसम्मको व्यवस्था छ । निजी सवारीमा चालकलाई रु एक हजारसम्म जरिवाना र सचेतना कक्षा लिनुपर्ने नियम छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ