२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

देश नदुख्ने नेतालाई दार्चुला दुख्ला र ?

१७ आश्विन २०७३, सोमबार १२:२६

पंकज धामी/असोज १७, दार्चुला । दशै आईसक्यो, भाईरल ज्वरुले सताएको छ, यसपालीको भत्ताले औषधि लत्ता किनिथ्यो, मासु खाने साह्रै रहर छ । 

सुनसेरा गाविस वडा नं.७ डोकटका स्थानिय ७५ वर्षिय गेडीले विष्टले यहि सुनाउनु भएको थियो । सोमबार गाविसको कार्यालय सुनसेरामा बृद्ध भत्ता लिन जाने बेलामा । गाउको एक घरमा दुईजना बुढा बुढी मात्रै बस्दै गरेका विष्टका साहरा न छोरा छोरी छन् ।

 गाविसको कार्यालय बाट गाविस सचिवले जिविसबाटै अहिले सम्म रकम निकासा भएको छैन भनेर फर्काए पछि उहाँले भन्नुभयो “ज्वरु आएको धेरै भैसक्यो दशैमा बुढा बुढी बसेर मासु खाने ईच्छा थियो छोराहरु छैनन् छोरीहरुको पनि विहे बारी भैसक्यो के गर्नु ।” हरेक जेष्ठ नागरिकको साहारा बनेको बृद्ध भत्ता समयमै नपाउदा अहिले के गरि दशै मनाउने यस्तै पिरलोले छाएको छ ।

 उहाँ मात्रै होईन चौमासिकको भत्त लिन गाविस सम्म पुगेका अर्का जेष्ठ नागरिक मानसिह कुवर पनि मनमा निराशा लिएर मात्रै फर्कनु भयो । विगतमा त चौमासिकमै भत्ता पाईन्थ्यो यसपाली खै के भएको अब कसको कमजोरी मान्ने कुवरले भन्नु भयो “दशै मात्रै होईन हामी जस्ताका लागी हरेक चाडबाट दशा बनेर नै आउछन् ।” 

देशको स्थिती समाल्न नसक्ने सरकारले हाम्रो अवस्था के बुझ्ला र कुवरको भनाई छ । छेपारोले रङ्ग फेरे जस्तै नेपालका नेता र सरकार परिवर्तन हुन्छन् कुवरले भन्नु भयो “देशको चिन्ता नेताले नगरे हामी जस्ता बृद्धहरुले गर्ने त ।”

 यस विषयमा जिल्ला विकास समिति दार्चुलालाई सोध्दा आईतबार मात्र केन्द्रबाट अख्तियारी आएको र अहिले गाविसहरुलाई अख्तियारी दिन स्थानिय विकास अधिकारी दशै विदामा घर गएकाले अहिले बृद्ध भत्ता लगायतका भत्ता दशै अगाडी वितरण नहुने बताउनु भएको छ ।

 नेपाल सरकारले ७० वर्ष पार गरेका जेष्ठ नागरिकहरु बृद्ध भत्ता पाउने समयमा यस्तै प्रकारले अनेक चाहानाहरु मनमा खेलाउदै ४ महिना सम्म पर्खन्छन् । तर यसपाली विष्ट जस्तै हजारौँ जेष्ठ नागरिक  नेपाल सरकारले दिदै आएको जेष्ठ नागरिक भत्ताको पहिलो किस्ता बाफत पाउनु पर्ने रकम यसपाली दशै अगाडी नपाउने भए पछि हर्स उल्लासको विजया दशमी अभाव र पिडा वित्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला