२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

देश नदुख्ने नेतालाई दार्चुला दुख्ला र ?

२०७३, १७ आश्विन सोमबार १२:२६

पंकज धामी/असोज १७, दार्चुला । दशै आईसक्यो, भाईरल ज्वरुले सताएको छ, यसपालीको भत्ताले औषधि लत्ता किनिथ्यो, मासु खाने साह्रै रहर छ । 

सुनसेरा गाविस वडा नं.७ डोकटका स्थानिय ७५ वर्षिय गेडीले विष्टले यहि सुनाउनु भएको थियो । सोमबार गाविसको कार्यालय सुनसेरामा बृद्ध भत्ता लिन जाने बेलामा । गाउको एक घरमा दुईजना बुढा बुढी मात्रै बस्दै गरेका विष्टका साहरा न छोरा छोरी छन् ।

 गाविसको कार्यालय बाट गाविस सचिवले जिविसबाटै अहिले सम्म रकम निकासा भएको छैन भनेर फर्काए पछि उहाँले भन्नुभयो “ज्वरु आएको धेरै भैसक्यो दशैमा बुढा बुढी बसेर मासु खाने ईच्छा थियो छोराहरु छैनन् छोरीहरुको पनि विहे बारी भैसक्यो के गर्नु ।” हरेक जेष्ठ नागरिकको साहारा बनेको बृद्ध भत्ता समयमै नपाउदा अहिले के गरि दशै मनाउने यस्तै पिरलोले छाएको छ ।

 उहाँ मात्रै होईन चौमासिकको भत्त लिन गाविस सम्म पुगेका अर्का जेष्ठ नागरिक मानसिह कुवर पनि मनमा निराशा लिएर मात्रै फर्कनु भयो । विगतमा त चौमासिकमै भत्ता पाईन्थ्यो यसपाली खै के भएको अब कसको कमजोरी मान्ने कुवरले भन्नु भयो “दशै मात्रै होईन हामी जस्ताका लागी हरेक चाडबाट दशा बनेर नै आउछन् ।” 

देशको स्थिती समाल्न नसक्ने सरकारले हाम्रो अवस्था के बुझ्ला र कुवरको भनाई छ । छेपारोले रङ्ग फेरे जस्तै नेपालका नेता र सरकार परिवर्तन हुन्छन् कुवरले भन्नु भयो “देशको चिन्ता नेताले नगरे हामी जस्ता बृद्धहरुले गर्ने त ।”

 यस विषयमा जिल्ला विकास समिति दार्चुलालाई सोध्दा आईतबार मात्र केन्द्रबाट अख्तियारी आएको र अहिले गाविसहरुलाई अख्तियारी दिन स्थानिय विकास अधिकारी दशै विदामा घर गएकाले अहिले बृद्ध भत्ता लगायतका भत्ता दशै अगाडी वितरण नहुने बताउनु भएको छ ।

 नेपाल सरकारले ७० वर्ष पार गरेका जेष्ठ नागरिकहरु बृद्ध भत्ता पाउने समयमा यस्तै प्रकारले अनेक चाहानाहरु मनमा खेलाउदै ४ महिना सम्म पर्खन्छन् । तर यसपाली विष्ट जस्तै हजारौँ जेष्ठ नागरिक  नेपाल सरकारले दिदै आएको जेष्ठ नागरिक भत्ताको पहिलो किस्ता बाफत पाउनु पर्ने रकम यसपाली दशै अगाडी नपाउने भए पछि हर्स उल्लासको विजया दशमी अभाव र पिडा वित्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा