सन्तोषकुमार गुप्ता । असोज  १७ देउखुरी । पूर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा बटुवाहरुको समस्यालाई मध्यनजर गरी प्रहरीको सक्रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज  १७ देउखुरी । पूर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा बटुवाहरुको समस्यालाई मध्यनजर गरी प्रहरीको सक्रि"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रहरीको संक्रियतामा भालुवाङ पुल्चोकमा यात्रु प्रतिक्षालय निर्माण

२०७३, १७ आश्विन सोमबार १३:०४

सन्तोषकुमार गुप्ता । असोज  १७ देउखुरी । पूर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा बटुवाहरुको समस्यालाई मध्यनजर गरी प्रहरीको सक्रियतामा देउखुरीको भालुवाङ पुल्चोक बजारमा यात्रु प्रतिक्षालय तथा नागरिक सहायता कक्ष निर्माण गरिएको छ । ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको सक्रियता तथा आन्तरिक स्रोतबाट उक्त प्रतिक्षालय निर्माण गरिएको हो । 

बिशेष गरी पुर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा गन्तव्य सम्म पुग्न गाडीको प्रतिक्षामा बस्ने यात्रु एवम् बटुवाहरुको समस्यालाई मध्यनजर गरी ट्राफिक प्रहरी कार्यालय पुल्चोक भालुवाङ परिसर अगाडी प्रतिक्षालय निर्माण गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको आन्तरिक कोषको करिब ५ लाखको लगानीमा प्रतिक्षालय निर्माण गरिएको प्रहरी प्रमुख केसीले बताए । रातीको समयमा अन्य प्रतिक्षालयमा बस्दा अशुरक्षित हुने तथा गाडी इन्ट्री पोइन्टमा बस्दा आफू जाने गन्तव्यका लागि गाडी समेत सजिलै पाउन सकिने भएको हुँदा उक्त प्रतिक्षालय निर्माण गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी सहायक निरिक्षक अम्मर थापाले जानकारी दिए । उनले प्यूठान र रोल्पा जिल्लाबाट आउने लामो दुरीका बसहरुका लागि रिफरेस सेन्टर नभएको अवस्थामा यो प्रतिक्षालयमा बिसराम गरेर जान सकिने समेत थापाले बताए । गोलाकार अकारमा खरको छानो भएको प्रतिक्षालय निर्माण गरिएको छ । 


प्रतिक्षालय निर्माणका लागि ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका दैनिक १० जना प्रहरी जवान परिचालन भएका थिए । प्रतिक्षालय निर्माण भए संगै पूर्व—पश्चिम राजमार्ग भएर लामोदुरीका लागि आवतजावत गर्ने यात्रुहरु बिसराम लागि आउने गरेका छन् । त्यस्तै राजमार्गमा आवतजावत गर्दा आउने सानाटिना समस्या समाधान गर्न समेत प्रहरीले प्रतिक्षालयमै नागरिक सहायता कक्ष निर्माण गरी काम शुरु गरेको बताएको छ ।  प्रतिक्षालय निर्माण भए पछि पुर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने सर्यौ यात्रुहरुलाई प्रत्यक्ष फाईदा पुग्ने स्थानियबासीहरुले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन