सन्तोषकुमार गुप्ता । असोज  १७ देउखुरी । पूर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा बटुवाहरुको समस्यालाई मध्यनजर गरी प्रहरीको सक्रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज  १७ देउखुरी । पूर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा बटुवाहरुको समस्यालाई मध्यनजर गरी प्रहरीको सक्रि"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रहरीको संक्रियतामा भालुवाङ पुल्चोकमा यात्रु प्रतिक्षालय निर्माण

१७ आश्विन २०७३, सोमबार १३:०४

सन्तोषकुमार गुप्ता । असोज  १७ देउखुरी । पूर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा बटुवाहरुको समस्यालाई मध्यनजर गरी प्रहरीको सक्रियतामा देउखुरीको भालुवाङ पुल्चोक बजारमा यात्रु प्रतिक्षालय तथा नागरिक सहायता कक्ष निर्माण गरिएको छ । ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको सक्रियता तथा आन्तरिक स्रोतबाट उक्त प्रतिक्षालय निर्माण गरिएको हो । 

बिशेष गरी पुर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा गन्तव्य सम्म पुग्न गाडीको प्रतिक्षामा बस्ने यात्रु एवम् बटुवाहरुको समस्यालाई मध्यनजर गरी ट्राफिक प्रहरी कार्यालय पुल्चोक भालुवाङ परिसर अगाडी प्रतिक्षालय निर्माण गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको आन्तरिक कोषको करिब ५ लाखको लगानीमा प्रतिक्षालय निर्माण गरिएको प्रहरी प्रमुख केसीले बताए । रातीको समयमा अन्य प्रतिक्षालयमा बस्दा अशुरक्षित हुने तथा गाडी इन्ट्री पोइन्टमा बस्दा आफू जाने गन्तव्यका लागि गाडी समेत सजिलै पाउन सकिने भएको हुँदा उक्त प्रतिक्षालय निर्माण गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी सहायक निरिक्षक अम्मर थापाले जानकारी दिए । उनले प्यूठान र रोल्पा जिल्लाबाट आउने लामो दुरीका बसहरुका लागि रिफरेस सेन्टर नभएको अवस्थामा यो प्रतिक्षालयमा बिसराम गरेर जान सकिने समेत थापाले बताए । गोलाकार अकारमा खरको छानो भएको प्रतिक्षालय निर्माण गरिएको छ । 


प्रतिक्षालय निर्माणका लागि ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका दैनिक १० जना प्रहरी जवान परिचालन भएका थिए । प्रतिक्षालय निर्माण भए संगै पूर्व—पश्चिम राजमार्ग भएर लामोदुरीका लागि आवतजावत गर्ने यात्रुहरु बिसराम लागि आउने गरेका छन् । त्यस्तै राजमार्गमा आवतजावत गर्दा आउने सानाटिना समस्या समाधान गर्न समेत प्रहरीले प्रतिक्षालयमै नागरिक सहायता कक्ष निर्माण गरी काम शुरु गरेको बताएको छ ।  प्रतिक्षालय निर्माण भए पछि पुर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने सर्यौ यात्रुहरुलाई प्रत्यक्ष फाईदा पुग्ने स्थानियबासीहरुले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव