प्यूठानमा चट्याङ लागेर २ जनाको मृत्यु

Posted on: 04 Oct, 2016

असोज १८, प्यूठान । गएरातिको भारी बर्षासंगै परेको चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा नारिकोट-७ निवासी ६० वर्षीय धनकला खड्का र विना जिसी रहेको प्यूठान प्रहरीले जानकारी गराएको छ । 

चट्याङ लागेर घाइते भएका खड्काको उपचारको क्रममा जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको हो भने जिसीको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!