युके पठाईदिन्छु भनी २० लाख रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: 15 Sep, 2023

भदौ २९, काठमाडौँ | वैदेशिक रोजगारीको लागि युके पठाईदिन्छु भनी २० लाख रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पर्सा जिल्लाको निर्मलबस्ती वडा नं. ०२ स्थाई घर भई हाल काभ्रेपलान्चोक बनेपा बस्ने ४४ वर्षिय मुक्तिराज बोम्जन रहेका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले बोम्जनलाई शुक्रबार पक्राउ गरेको हो । 

बोम्जनले प्रकाश कठायत समेत ७ जनालाई वैदेशिक रोजगारीको लागि युके पठाईदिन्छु भनी रु. २०,००,०००/- ठगी गरेका थिए । पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!