धनुषामा घुमुवा प्रहरी भन्दै रुपैयाँ खोसेर भाग्न खोज्ने व्यक्ति पक्राउ

Posted on: 15 Sep, 2023

भदौ २९, जनकपुरधाम । आफूलाई घुमुवा प्रहरी भन्दै रुपैयाँ खोसेर भाग्ने क्रममा एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रहेका छन् । उनीसंगै रहेका अर्का एक व्यक्ति भने फरार रहेको र उनको पनि खोजी गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका ३ चिकनास्थित ज ७ प ६०८६ नम्वरको मोटरसाइकलमा जनकपुरधाम २४ सोनापराका सुरज मण्डल, सुमित कुमार राम र विदेह नगरपालिका ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी भन्दै धाक लगाएर ४ हजार रुपैया खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ ।

अमरेशले चलाएको ज १० प ३७०५ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!