गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 16 Sep, 2023

भदौ ३०, गोरखा | गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  सिरानचोक गाउँपालिका–४ का २७ वर्षीय रामलाल कुमालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ |

भच्चेकबाट गोरखा बजार आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकल सिरानचोक गाउँपालिका–४ को अमराईमा आज (शनिवार) बिहान साढे १० बजेतिर एक आपसमा ठोक्किएका थिए ।

गम्भीर घाइते भएका कुमाललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले बताए । दुर्घटनापछि चालक तथा बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!