६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Posted on: 16 Sep, 2023

भदौ ३०, दाङ | दाङमा ६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका-१ बनखेत बस्ने ५३ वर्षीय कुल बहादुर बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । 

ती महिलालाई बिकले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!