२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरीको मृत्यु

२०८०, ३१ भाद्र आईतवार ०६:४७

भदौ ३१, सुर्खेत | कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ।‌ मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी ३० वर्षीय  जानकी रेग्मी अधिकारी रहेकी छन्।

उनको शल्यक्रिया गरिसकेपछि अस्पतालमै मृत्यु भएको हो । उनका ससुरा तिलक‌ अधिकारीका अनुसार जानकी २९ गते अस्पतालमा भर्ना भएकी थिइन्‌। अस्पतालमा भर्ना पश्चात् उनले शुक्रबार नै प्रसूति वार्डमा छोरा जन्माएकी थिइन् ।

तिलक भन्छन्-‘छोरा जन्मेपछि बुहारीलाई जनरल वार्डमा राखियो, त्यति बेलासम्म अवस्था सामान्य थियो । छोरालाई दूध समेत खुवाएकी थिइन्, सोही वार्डमा एक्कासि बेहोस भइन्, अनि उनलाई आइसियुमा राखियो । शनिबार उनलाई अस्पतालले एक्कासि मृत घोषणा गर्यो ।’ 

बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको लापरबाही प्रमुख कारण रहेको पीडितहरूको बुझाइ छ । बच्चा अहिले आइसीयुमै छ ।

'प्रदेश राजधानीको सुविधा सम्पन्न अस्पतालमा आउँदा पनि सुत्केरी सुरक्षित हुन नसक्नु आफैमा विडम्बना हो,' उनले भने, 'के कारणले मृत्यु भएको हो भन्ने अस्पतालले अहिलेसम्म भनेको छैन ।

उनका अनुसार अस्पतालले आफूहरूलाई नयाँ घटना भएको र आफूहरू पनि अचम्मित भएको जवाफ दिएको छ ।

अहिले पीडितहरू अस्पतालमा छन् । शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए । मृत्युको कारण भने अहिलेसम्म अस्पतालले दिएको छैन ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने‌ घटनाको विषयमा समीक्षा हुन लागेको बताए । यद्यपि कारणबारे भने उनले आफूलाई जानकारी नरहेको बताए । समीक्षापछि मात्र घटनाबारे थाह हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने