१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा आफ्नै भवन नहुँदा लाखौँ भाडा तिर्न बाध्य छन् प्रहरी युनिट

१८ आश्विन २०७३, मंगलवार ०५:३८

उमा केसी/असोज १८, रोल्पा । आफ्नै भवन नहुँदा रोल्पा जिल्लामा रहेका प्रहरी युनिटले मासिक रु एक लाखभन्दा बढी भाडा तिर्दै आएका छन् । 

माओवादी सशस्त्र युद्धमा क्षति पुगेका ती प्रहरी युनिट हालसम्म पुनःनिर्माण हुन नसक्दा भाडामा बस्न बाध्य भएका हुन् । 

त्यसरी भाडा तिरेर कार्यालय सञ्चालन गर्ने प्रहरी युनिटमा जिल्ला प्रहरी कार्यालय समेत रहेको छ । युद्धताका भवन क्षति नभए पनि जिल्ला प्रहरी कार्यालयले भवन अपुग हुँदा मासिक रु ४० हजारभन्दा बढी भाडा तिर्दै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । 

सशस्त्र युद्धताका जिल्लाका विभिन्न ३९ स्थानमा विस्तार भएका प्रहरी युनिटमध्ये २३ युनिटलाई क्षति पु¥याइएको थियो । शान्ति प्रक्रियापश्चात जिल्लाका विभिन्न ३६ स्थानमा प्रहरी युनिट पुनःस्थापना गरिएको भए पनि हालसम्म आठ प्रहरी युनिट मात्र आफ्नै भवनमा रहेका छन् । 

जिल्लाका इलाका प्रहरी कार्यालय सुलिचौर, पोवाङ, होलेरी, घर्तीगाउँ, सशस्त्र प्रहरी सेनामुख र कारागार सुरक्षा गार्ड आफ्नै भवनमा रहेका छन् भने इलाका प्रहरी कार्यालय उवा, पाछावाङ, थवाङ, इरिवाङ, जिनावाङ तथा प्रहरी चौकी सीर्प, पाखापानी, जेल्वाङ, माडीचौर, जुगार, भावाङ, रानागाउँ, गुम्चाल, कुरेली, गाम, कोटगाउँ धौलावाङ र बुढागाउँमा जग्गा भएको तर भवन नभएको घर्तीमगरले बताउनुभयो । भवन निर्माणका लागि उल्लेखित प्रहरी युनिटको आफ्नै जग्गा भएको समेत उहाँले बताउनुभयो । 

जिल्ला ट्राफिक कार्यालय, प्रहरी चौकी गजुल र बागमाराको भवन जग्गा र भवन दुवै नभएको घर्तीले बताउनुभयो । करिब दुई दर्जन प्रहरी कार्यालय भाडाका घरमा छन् । बर्सेनि लाखौँ भाडा तिरेर सुरक्षामा खटिनु पर्ने अवस्था छ । 

कतिपय पायक पर्ने ठाउँमा भवन भाडामा नपाइएकाले अपायकमा भाडामा बस्नुपरेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । पारिवारिक प्रयोजनका लागि ग्रामीण क्षेत्रमा निर्माण भएका भवन कार्यालयमैत्री नहुने भएकाले साँघुरा र कच्ची घरमा कार्यालय सञ्चालन गर्नुपरेको घर्तीले बताउनुभयो । 

शान्ति प्रक्रियाको एक दशक पुग्दासम्म प्रहरी युनिट आफ्नै भवनमा बसेर सुरक्षा दिन नसक्नु दुःखद् रहेको नागरिक अगुवा सुन्दरकुमार शर्माले बताउनुभयो । शान्ति प्रक्रियाको १० वर्षमा मुस्किलले तीनवटामात्र प्रहरी युनिट बन्नु सन्तोषजनक नरहेको उहाँले तर्क गर्नुभयो । 

भाडाका घरमा अपराधका आरोपीलाई सुरक्षित गर्न र प्रशासनिक काम गर्न कठिन हुने गरेको प्रनाउ घर्तीमगरले बताउनुभयो । 

भाडाका घरबाट सेवा दिन गाह्रो भइरहेको र तत्काल भवन बनाउन आवश्यक रहेकोबारे जिल्ला प्रहरी कार्यालयबाट पटकपटक विभाग र सम्बन्धित निकायमा पत्राचार भने हुँदै आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी