२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आत्मनिर्भर अर्थतन्त्र सम्बन्धी अन्तर–संवाद कार्यक्रम सम्पन्न

५ मंसिर २०७२, शनिबार ०२:५४

मंसिर ५, हेटौंडा । रेडियो निकास ९३.४ मेगाहर्ज र निकास साप्ताहिकको
वार्षिकोत्सबका अवसरमा आज (शुक्रवार) चौंथो राष्ट्रिय कर दिवश बिषेश आत्मनिर्भर अर्थतन्त्र सम्बन्धी
अन्तर–संवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमा सहभागी
वक्ताहरुले कर सचेतनाको अभावमा साना व्यवसायी मर्कामा परेको बताएका छन् । आन्तरिक राजश्व कार्यालय
मकवानपुरका प्रमुख जिवन कुमार घिमिरेले कर कार्यालयले बिषेशगरी साना व्यवसायीलाई लक्षितगरी कर सचेतनाको
अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । घिमिरेले करदाता ईमान्दार भए कर चुहावट हुन नसक्ने बताउनुभयो

कार्यक्रममा उद्योग संघ मकवानपुरका महासचिव लेखराज पोखरेलले
नाकाबन्दीका कारण उद्योगी÷व्यवसायी मर्कामा परेको भएपनि उद्योगबाट उत्पादित वस्तुको मुल्यबृद्वी नगरेको
दावी गर्नुभयो । बजार बढेको कालोबजारी कृतिम भएको पोखरेलले बताउनुभयो । कार्यक्रममा मकवानपुर उद्योग
बाणिज्य संघका महासचिव महेन्द्र राउतले उद्योगी÷व्यवसायीलाई ईमान्दार भएर कर तिर्न आग्रह गरेको बताउँदैं
कृतिम कालोबजारी गर्नेलाई संघले कार्वाही गर्ने चेतावनी दिनुभयो ।

यस्तैं अडिटर्स एसोसिएसन (अडान) का केन्द्रीय सदस्य राजेन्द्रप्रसाद ढुङ्गानाले
उद्योगी÷व्यवसायी स्वयमले कर चुहावट गरिरहेको आरोप लगाउनुभयो । ढुङ्गानाले संकटको मौंका छोपेर व्यवसायी
उपभोक्ता ठगि गरिरहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पुर्व अध्यक्ष
राममणि दाहाले उद्योग बाणिज्य संघ र प्रशासन निरिह बन्दा उद्योगी÷व्यवसायीले चरम कालोबजारी गरिरहेको
बताउनुभयो । कर कार्यालयले साना व्यवसायीलाई मात्र लक्षित गर्दा ठुला उद्योगी/व्यवसायीले ठुलो मात्रामा
कर छलि गरिरहेको दाहाले बताउनुभयो ।

बार्षिक उत्सवकैं
अवसरमा आज शनिवार राजनीतिक दल र पत्रकारबीच मैत्री फूटबल प्रतियोगिता हुने सञ्चार संघ नेपालका अध्यक्ष
सुनिल खड्काले बताउनुभयो ।

यसैंबिच बार्षिक उत्सवको अवसरमा
मंसिर ६ गते आईतबार विज्ञापनदाताहरु संग अन्तरक्रिया, मंसिर ८ गते मंगलबार “नाकाबन्दीमा हामी” विषयक
अन्तरक्रिया कार्यक्रम, मंसिर ९ गते बुधबार “टोलटोलमा रेडियो निकास” कार्यक्रम ११ गते शुक्रबार
मकवानपुरगढी गाविस वडा नं. ४ स्थित चण्डीका उच्चमाविमा निशुल्क आँखा शिविर हुने खड्काले बताउनुभयो

यस्तै, मंसिर १२ गते शनिबार जिल्लास्तरी खुल्ला हाजिरी
जवाफ प्रतियोगिता, र अन्तिम दिन मंसिर १४ गते सोमबार वार्षिकोत्सव समारोह कार्यक्रम गरी सम्पुर्ण
कार्यक्रम समापन गरिने बताइएको छ । वार्षिकोत्सबका अवसरमा प्रत्येक वर्ष वितरण गर्दै आएको रामचन्द्र
खडका स्मृती सिर्जनशील पत्रकारीता पुरस्कार २ जनालाई प्रदान गरिने भएको छ । यस्तै, वर्ष व्यक्ति सम्मान
२ जनालाई, फटुबल प्रतियोगितामा विजयी हुनेलाई शिल्ड
तथा प्रमाणपत्र प्रदान गर्ने, हाजिरी जवाफ
प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती लगायत
हांस्यव्यांग्या प्रहशन एवम् साहित्य वाचन गरिने अध्यक्ष खडकाले जानकारी दिनुभयो ।


सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज दोस्रो बर्ष पुरागरी तेस्रो
बर्षमा प्रवेश गरेका छ भने निकास साप्ताहिक १२ बर्षमा प्रवेश गरेका छ । मंसिर ३ गतेबाट शुरु भएको
बार्षिक उत्सव मंसिर १४ गतेसम्म जारी रहने अध्यक्ष खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत