२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आत्मनिर्भर अर्थतन्त्र सम्बन्धी अन्तर–संवाद कार्यक्रम सम्पन्न

२०७२, ५ मंसिर शनिबार ०२:५४

मंसिर ५, हेटौंडा । रेडियो निकास ९३.४ मेगाहर्ज र निकास साप्ताहिकको
वार्षिकोत्सबका अवसरमा आज (शुक्रवार) चौंथो राष्ट्रिय कर दिवश बिषेश आत्मनिर्भर अर्थतन्त्र सम्बन्धी
अन्तर–संवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमा सहभागी
वक्ताहरुले कर सचेतनाको अभावमा साना व्यवसायी मर्कामा परेको बताएका छन् । आन्तरिक राजश्व कार्यालय
मकवानपुरका प्रमुख जिवन कुमार घिमिरेले कर कार्यालयले बिषेशगरी साना व्यवसायीलाई लक्षितगरी कर सचेतनाको
अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । घिमिरेले करदाता ईमान्दार भए कर चुहावट हुन नसक्ने बताउनुभयो

कार्यक्रममा उद्योग संघ मकवानपुरका महासचिव लेखराज पोखरेलले
नाकाबन्दीका कारण उद्योगी÷व्यवसायी मर्कामा परेको भएपनि उद्योगबाट उत्पादित वस्तुको मुल्यबृद्वी नगरेको
दावी गर्नुभयो । बजार बढेको कालोबजारी कृतिम भएको पोखरेलले बताउनुभयो । कार्यक्रममा मकवानपुर उद्योग
बाणिज्य संघका महासचिव महेन्द्र राउतले उद्योगी÷व्यवसायीलाई ईमान्दार भएर कर तिर्न आग्रह गरेको बताउँदैं
कृतिम कालोबजारी गर्नेलाई संघले कार्वाही गर्ने चेतावनी दिनुभयो ।

यस्तैं अडिटर्स एसोसिएसन (अडान) का केन्द्रीय सदस्य राजेन्द्रप्रसाद ढुङ्गानाले
उद्योगी÷व्यवसायी स्वयमले कर चुहावट गरिरहेको आरोप लगाउनुभयो । ढुङ्गानाले संकटको मौंका छोपेर व्यवसायी
उपभोक्ता ठगि गरिरहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पुर्व अध्यक्ष
राममणि दाहाले उद्योग बाणिज्य संघ र प्रशासन निरिह बन्दा उद्योगी÷व्यवसायीले चरम कालोबजारी गरिरहेको
बताउनुभयो । कर कार्यालयले साना व्यवसायीलाई मात्र लक्षित गर्दा ठुला उद्योगी/व्यवसायीले ठुलो मात्रामा
कर छलि गरिरहेको दाहाले बताउनुभयो ।

बार्षिक उत्सवकैं
अवसरमा आज शनिवार राजनीतिक दल र पत्रकारबीच मैत्री फूटबल प्रतियोगिता हुने सञ्चार संघ नेपालका अध्यक्ष
सुनिल खड्काले बताउनुभयो ।

यसैंबिच बार्षिक उत्सवको अवसरमा
मंसिर ६ गते आईतबार विज्ञापनदाताहरु संग अन्तरक्रिया, मंसिर ८ गते मंगलबार “नाकाबन्दीमा हामी” विषयक
अन्तरक्रिया कार्यक्रम, मंसिर ९ गते बुधबार “टोलटोलमा रेडियो निकास” कार्यक्रम ११ गते शुक्रबार
मकवानपुरगढी गाविस वडा नं. ४ स्थित चण्डीका उच्चमाविमा निशुल्क आँखा शिविर हुने खड्काले बताउनुभयो

यस्तै, मंसिर १२ गते शनिबार जिल्लास्तरी खुल्ला हाजिरी
जवाफ प्रतियोगिता, र अन्तिम दिन मंसिर १४ गते सोमबार वार्षिकोत्सव समारोह कार्यक्रम गरी सम्पुर्ण
कार्यक्रम समापन गरिने बताइएको छ । वार्षिकोत्सबका अवसरमा प्रत्येक वर्ष वितरण गर्दै आएको रामचन्द्र
खडका स्मृती सिर्जनशील पत्रकारीता पुरस्कार २ जनालाई प्रदान गरिने भएको छ । यस्तै, वर्ष व्यक्ति सम्मान
२ जनालाई, फटुबल प्रतियोगितामा विजयी हुनेलाई शिल्ड
तथा प्रमाणपत्र प्रदान गर्ने, हाजिरी जवाफ
प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती लगायत
हांस्यव्यांग्या प्रहशन एवम् साहित्य वाचन गरिने अध्यक्ष खडकाले जानकारी दिनुभयो ।


सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज दोस्रो बर्ष पुरागरी तेस्रो
बर्षमा प्रवेश गरेका छ भने निकास साप्ताहिक १२ बर्षमा प्रवेश गरेका छ । मंसिर ३ गतेबाट शुरु भएको
बार्षिक उत्सव मंसिर १४ गतेसम्म जारी रहने अध्यक्ष खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह