२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा किसान र सुगर मिल कर्मचारी बिच झडप, ३ घाइते

२०७३, १८ आश्विन मंगलवार ०६:५४

रबिन्द्र यादव/ असोज १८ नवलपरासी । नवलपरासीको इन्दिरा सुगर मिल एण्ड एग्रो डिष्टलरीज प्रा. लि गंगापुर र प्रदुषण पिडित किसानहरु बिच भएको झडपमा तीन जना मिलका कामदार घाइते भएका छन । 

घाइते हुनेहरुमा भारतको बिहार सिवान जिल्ला बस्ने बर्ष २७ का बिनोद यादव, भारत उत्तर प्रदेश देवरिया जिल्ला घर भएका बर्ष २३ का राकेश यादव त्यस्तै भारत मध्य प्रदेश ग्वालियर बस्ने बर्ष २७ का सोनल सिंह रहेका छन । तिनै जनाको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ सबैको उपचार स्थानीय क्लिनिकमा भइरहेको छ । तीनैजना मिलका कामदार रहेको मिलले जनाएको छ ।  

पिडित किसानहरुले जिल्ला प्रशासन कार्यालय मा भदौ ५ गते मिल र प्रदुषण पिडित संघर्ष समिति बिच भएको सम्झौता सर्त विपरीत डिष्टलरीज संचालन भएको भन्दै किसानहरु आक्रोषित हुँदै सोमबार डिष्टलरिज बन्द गराउन ठुलो संख्यामा सुगर मिल भित्र पसेपछि कर्मचारी र किसान बिच झडप भएको इलाका प्रहरी कार्यालय बेलाटारी का प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले बताउनु भएको छ । आइतबार डिष्टलीज संचालन भएको भन्दै हजारौंको संख्यामा किसानहरु पम्पलेट, ब्यानर बोक्दै किसान एकता जिन्दावाद, डिष्टलरी बन्द गर, प्रदुषण नियन्त्रण गर, मिलको दादागिरी बन्द गर,जस्ता नारा सहित विरोध जुलुस निकालेका थिए । 

संघर्ष समितिले मिलले मापदण्डअनुसार किसान संग वार्ता गरिने सम्झौता विपरीत डिष्टलरीज संचालन भएको भन्दै पुनः सोमबार प्रेस विज्ञप्ति निकाल्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विनोद यादवको हस्ताक्षर सहितको विज्ञप्तिमा डिष्टलरीज संचालन भएकोमा यस बाट उतपन्न हुने सम्पुर्ण दुर्घटनाको स्वम मिल जिम्मेवार हुने जनाएको छ । साथै डिष्टलरीज अविलम्ब बन्द गर्न माग गर्दै निष्पक्ष वार्ता मा आउन जनाएको छ । संघर्ष समितिको विगत दुई महिना देखि सुगर मिल विरुद्ध आन्दोलन गर्दै आएको छ। इन्दिरा सुगर मिल एण्ड एग्रो डिष्टलरीज गंगापुर ले आफ्नो प्रदुषित पानी नजिकै रहेको कंगली खोला मा ढल निकास गरेपछि वरपर किसानहरुले लगाएको हजारौं बिगहा धानबाली, केरा, तरकारी खेती पुर्ण रुपमा नष्ट भएका छन । 

किसानहरुले क्षतिपूर्ति माग, प्रदुषण नियन्त्रण, लामखुट्टे नियन्त्रण जस्ता विभिन्न माग गर्दै आन्दोलन गरिरहेका छन । तर यसमा जिल्ला प्रशासन र सम्बन्धित निकाय मौन रहेको आरोप किसानहरुले लगाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा