८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा किसान र सुगर मिल कर्मचारी बिच झडप, ३ घाइते

१८ आश्विन २०७३, मंगलवार ०६:५४

रबिन्द्र यादव/ असोज १८ नवलपरासी । नवलपरासीको इन्दिरा सुगर मिल एण्ड एग्रो डिष्टलरीज प्रा. लि गंगापुर र प्रदुषण पिडित किसानहरु बिच भएको झडपमा तीन जना मिलका कामदार घाइते भएका छन । 

घाइते हुनेहरुमा भारतको बिहार सिवान जिल्ला बस्ने बर्ष २७ का बिनोद यादव, भारत उत्तर प्रदेश देवरिया जिल्ला घर भएका बर्ष २३ का राकेश यादव त्यस्तै भारत मध्य प्रदेश ग्वालियर बस्ने बर्ष २७ का सोनल सिंह रहेका छन । तिनै जनाको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ सबैको उपचार स्थानीय क्लिनिकमा भइरहेको छ । तीनैजना मिलका कामदार रहेको मिलले जनाएको छ ।  

पिडित किसानहरुले जिल्ला प्रशासन कार्यालय मा भदौ ५ गते मिल र प्रदुषण पिडित संघर्ष समिति बिच भएको सम्झौता सर्त विपरीत डिष्टलरीज संचालन भएको भन्दै किसानहरु आक्रोषित हुँदै सोमबार डिष्टलरिज बन्द गराउन ठुलो संख्यामा सुगर मिल भित्र पसेपछि कर्मचारी र किसान बिच झडप भएको इलाका प्रहरी कार्यालय बेलाटारी का प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले बताउनु भएको छ । आइतबार डिष्टलीज संचालन भएको भन्दै हजारौंको संख्यामा किसानहरु पम्पलेट, ब्यानर बोक्दै किसान एकता जिन्दावाद, डिष्टलरी बन्द गर, प्रदुषण नियन्त्रण गर, मिलको दादागिरी बन्द गर,जस्ता नारा सहित विरोध जुलुस निकालेका थिए । 

संघर्ष समितिले मिलले मापदण्डअनुसार किसान संग वार्ता गरिने सम्झौता विपरीत डिष्टलरीज संचालन भएको भन्दै पुनः सोमबार प्रेस विज्ञप्ति निकाल्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विनोद यादवको हस्ताक्षर सहितको विज्ञप्तिमा डिष्टलरीज संचालन भएकोमा यस बाट उतपन्न हुने सम्पुर्ण दुर्घटनाको स्वम मिल जिम्मेवार हुने जनाएको छ । साथै डिष्टलरीज अविलम्ब बन्द गर्न माग गर्दै निष्पक्ष वार्ता मा आउन जनाएको छ । संघर्ष समितिको विगत दुई महिना देखि सुगर मिल विरुद्ध आन्दोलन गर्दै आएको छ। इन्दिरा सुगर मिल एण्ड एग्रो डिष्टलरीज गंगापुर ले आफ्नो प्रदुषित पानी नजिकै रहेको कंगली खोला मा ढल निकास गरेपछि वरपर किसानहरुले लगाएको हजारौं बिगहा धानबाली, केरा, तरकारी खेती पुर्ण रुपमा नष्ट भएका छन । 

किसानहरुले क्षतिपूर्ति माग, प्रदुषण नियन्त्रण, लामखुट्टे नियन्त्रण जस्ता विभिन्न माग गर्दै आन्दोलन गरिरहेका छन । तर यसमा जिल्ला प्रशासन र सम्बन्धित निकाय मौन रहेको आरोप किसानहरुले लगाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार