दलसिंह गिरी/असोज १८,  कालिकोट । विगत केही बर्ष यता जिल्लामा भएको उच्च खडेरीले खाध्य असुरक्षा भइ पोषणमा आएको गिरावटका कारण साना बालबालिका, गर्भवती तथा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असोज १८,  कालिकोट । विगत केही बर्ष यता जिल्लामा भएको उच्च खडेरीले खाध्य असुरक्षा भइ पोषणमा आएको गिरावटका कारण साना बालबालिका, गर्भवती तथा स"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पौष्टिक आहारका लागि कालिकोटमा प्रति महिना ३ केजीका दरले लिटो वितरण हुदै

२०७३, १८ आश्विन मंगलवार ११:५२


दलसिंह गिरी/असोज १८,  कालिकोट । विगत केही बर्ष यता जिल्लामा भएको उच्च खडेरीले खाध्य असुरक्षा भइ पोषणमा आएको गिरावटका कारण साना बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गरी कालिकोटमा पौष्टिक आहार कार्यक्रम लागु भएको छ । 

विश्व खाध्य सहयोग कार्यक्रमको आर्थिक तथा मनहरी विकास संस्था नेपालको सहयोग जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा यो कार्यक्रम लागु भएको हो ।

एक औपचारीक कार्यक्रमको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालयले पौष्टीक आहार कार्यक्रम सोमबारबाट सञ्चालनमा ल्याएको छ । 

जिल्लाका ३० वटै गाविसमा ४ महिना नियमित संचालन हुने कार्यक्रममा ६ महिना देखि २३ महिना सम्मका बालबालिका, सुत्केरी र गभवती महिलाहरुका लागि पौष्टिक आहार प्रति महिना ३ केजी का दरले वितरण हुने जिल्ला स्वास्थ्य कार्यालय पोषण कार्यक्रमका फोकल पर्शन कटक बहादुर महतले जानकारी दिनु भएको छ ।

तत्काल दशै अगाडी जिल्लाका मान्म, दाहा राचुली जुविथा र भर्ता गाविसमा सोमबारबाट पौष्टिक आहार वितरण कार्यक्रम लागु भएको र बाकी गाविसमा दशै सकिए लगतै सुरु गरिने कार्याक्रमका फोकल पर्शन महतले जनाउनु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दिएको तथांक अनुसार हाल जिल्लाभर ६ महिना देखि २३ महिनाका बालबालिका ५ हजार रहेको गर्भवतीको संख्या ३ हजार ७ सय ५८ र सुत्केरीको संख्या ३ हजार १ सय ८७ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन