दलसिंह गिरी

अशोज १८, २०७३ कालिकोट÷विगत केही बर्ष यता जिल्लामा भएको उच्च खडेरीले खाध्य असुरक्षा भै पोषणमा आएको गिरावटका कारण साना बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गरी कालिकोटमा पौष्टिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी

अशोज १८, २०७३ कालिकोट÷विगत केही बर्ष यता जिल्लामा भएको उच्च खडेरीले खाध्य असुरक्षा भै पोषणमा आएको गिरावटका कारण साना बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गरी कालिकोटमा पौष्टिक "/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पौष्टिक आहारका लागि कालिकोटमा प्रति महिना ३ केजीका दरले लिटो वितरण हुदै

१८ आश्विन २०७३, मंगलवार १२:०५

दलसिंह गिरी

अशोज १८, २०७३ कालिकोट÷विगत केही बर्ष यता जिल्लामा भएको उच्च खडेरीले खाध्य असुरक्षा भै पोषणमा आएको गिरावटका कारण साना बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गरी कालिकोटमा पौष्टिक आहार कार्यक्रम लागु भएको छ । विश्व खाध्य सहयोग कार्यक्रमको आर्थिक तथा मनहरी विकास संस्था नेपालको सहयोग जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा यो कार्यक्रम लागु भएको हो । 

एक औपचारीक कार्यक्रमको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालयले पौष्टीक आहार कार्यक्रम सोमबारबाट सञ्चालनमा ल्याएको छ । जिल्लाका ३० वटै गाविसमा ४ महिना नियमित संचालन हुने कार्यक्रममा ६ महिना देखि २३ महिना सम्मका बालबालिका, सुत्केरी र गभवती महिलाहरुका लागि पौष्टिक आहार प्रति महिना ३ केजी का दरले वितरण हुने जिल्ला स्वास्थ्य कार्यालय पोषण कार्यक्रमका फोकल पर्शन कटक बहादुर महतले जानकारी दिनु भएको छ ।

तत्काल दशै अगाडी जिल्लाका मान्म, दाहा राचुली जुविथा र भर्ता गाविसमा सोमबारबाट पौष्टिक आहार वितरण कार्यक्रम लागु भएको र बाकी गाविसमा दशै सकिए लगतै सुरु गरिने कार्याक्रमका फोकल पर्शन महतले जनाउनु भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दिएको तथांक अनुसार हाल जिल्लाभर ६ महिना देखि २३ महिनाका बालबालिका ५ हजार रहेको गर्भवतीको संख्या ३ हजार ७ सय ५८ र सुत्केरीको संख्या ३ हजार १ सय ८७ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ