२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानको वाङ्गेसालमा वजार अनुगमन

२०७३, १८ आश्विन मंगलवार १३:२८

सुजाता थापा/असोज १८, प्युठान । ईलाका प्रशासन कार्यालय नयाँगाउ जस्पुर प्यूठानले वाङ्गेसाल वजार अनुगमन गरेको छ । चाडवाडको समयमा उपभोक्ता हित विपरित हुनसक्ने क्रियाकलाप नियन्त्रण गर्न वजार अनुगमन गरिएको ईलाका प्रशासन कार्यालय जस्पुर प्यूठानका प्रमुख शेर वहादुर वि.क. ले वताउनु भयो ।

‘म्याद नाघेका र गैह्रकानुनि पेय र मदिराजन्य पदार्थ नस्ट गरका छौं’ इलाका प्रशासन प्रमुख विक ले भन्नुभयो  इलाका प्रशासन प्रमुख विक ले भन्नुभयो ‘मुल्यसुचि नराखेका, साईनवोर्ड नराखेका, मापदण्ड विपरितका ढक तराजु, प्यान तथा भ्याट दर्ता लगायत कानुनि मापदण्ड पुरा नगरेका हरुलाई तत्काल सुधार गर्न निर्देशन दिएका छौं ।’

वाङ्गेसाल ६ दर्भान क्षेत्रमा रहेका होटल, किराना, फ्रेस हाउस लगायत गरि ४६ पसलमा अनुगमन गर्दा सरसफाई, मुल्यसुचि नराखेको, मापदण्ड अनुसारको ढक तराजु नरहेको, म्याद नाघेका सामाग्रि विक्रि वितरण गर्ने गरेको, उपयुक्त प्याकेजिङ नगरेका वस्तु विक्रि वितरण गर्ने गरेको पाईएको थियो । त्यस्ता व्यावसायिक संस्थाहरुलाई तत्काल मापदण्ड पुरा गरेर ईलाका प्रशासन कार्यालयमा आउन निर्देशन दिईएको अनुगमन टोलिका संयोजक वि.क ले वताउनुभयो ।

ईलाका प्रशासन कार्यालय प्यूठानका प्रमुख शेर वहादुर वि. क., ईप्रका का नायव सुव्वा हुमाकान्त रिजाल, प्रहरि सहायक निरिक्षक यम वहादुर चन्द, वाङ्गेसाल गाविस सचिव मुक्ति खनाल, उद्योग वाणिज्य संघका कृष्ण रायमाझि, पत्रकार सुजाता थापा लगायतको टोलिले अनुगमन गरेको हो ।

प्रचलित कानुनमा संवन्धित निकायमा दर्ता नगरि व्यावसाय सञ्चालन गरेमा तुरुन्त वन्द गरि कानुनि कारवाहि अगाडि वढाउने व्यवस्था रहेको छ । लेवलमा मिश्रण, तौल र परिणाम उल्लेख नभएका वस्तु उत्पादन वा विक्रि  वितरण गरेमा २ वर्ष सम्म कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था भने कमसल वस्तु उत्पादन वा विक्रि वितरण गरे तिन वर्ष कैद वा ५० हजार नरिवाना वा दुवै सजाय हुने व्यावस्था छ ।

यस्तै अखाद्य वस्तु मिसावट सहितका र म्याद नाघेका ज्यान खतरा हुने वस्तु उत्पादन वा विक्रि वितरण गरेमा १५ वर्ष कैद वा ५ लाख गरिवाना वा दुवै सजाय हुने व्यावस्था छ भने स्वास्थ्यमा प्रतिकुल असर गर्ने भए ४ वर्ष कैद वा ३ लाख जरिवाना वा दुवै सजायको व्यवस्था रहेको छ ।

मदिराजन्य उत्पादन तोकिएको अवधिमा वाहेक र नावालकलाई विक्रि गरेमा, अस्लिल वा लज्जास्पद क्रियाकलाप गरेमा ३ वर्ष कैद वा ५ हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । साथै व्यावसायिले मुल्यसुचि नराखेमा तिन दिनभित्र मुल्यसुचि राख्न म्याद दिने र नमानेमा कानुनि कारवाहि अगाडि वढाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन