२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानको वाङ्गेसालमा वजार अनुगमन

१८ आश्विन २०७३, मंगलवार १३:२८

सुजाता थापा/असोज १८, प्युठान । ईलाका प्रशासन कार्यालय नयाँगाउ जस्पुर प्यूठानले वाङ्गेसाल वजार अनुगमन गरेको छ । चाडवाडको समयमा उपभोक्ता हित विपरित हुनसक्ने क्रियाकलाप नियन्त्रण गर्न वजार अनुगमन गरिएको ईलाका प्रशासन कार्यालय जस्पुर प्यूठानका प्रमुख शेर वहादुर वि.क. ले वताउनु भयो ।

‘म्याद नाघेका र गैह्रकानुनि पेय र मदिराजन्य पदार्थ नस्ट गरका छौं’ इलाका प्रशासन प्रमुख विक ले भन्नुभयो  इलाका प्रशासन प्रमुख विक ले भन्नुभयो ‘मुल्यसुचि नराखेका, साईनवोर्ड नराखेका, मापदण्ड विपरितका ढक तराजु, प्यान तथा भ्याट दर्ता लगायत कानुनि मापदण्ड पुरा नगरेका हरुलाई तत्काल सुधार गर्न निर्देशन दिएका छौं ।’

वाङ्गेसाल ६ दर्भान क्षेत्रमा रहेका होटल, किराना, फ्रेस हाउस लगायत गरि ४६ पसलमा अनुगमन गर्दा सरसफाई, मुल्यसुचि नराखेको, मापदण्ड अनुसारको ढक तराजु नरहेको, म्याद नाघेका सामाग्रि विक्रि वितरण गर्ने गरेको, उपयुक्त प्याकेजिङ नगरेका वस्तु विक्रि वितरण गर्ने गरेको पाईएको थियो । त्यस्ता व्यावसायिक संस्थाहरुलाई तत्काल मापदण्ड पुरा गरेर ईलाका प्रशासन कार्यालयमा आउन निर्देशन दिईएको अनुगमन टोलिका संयोजक वि.क ले वताउनुभयो ।

ईलाका प्रशासन कार्यालय प्यूठानका प्रमुख शेर वहादुर वि. क., ईप्रका का नायव सुव्वा हुमाकान्त रिजाल, प्रहरि सहायक निरिक्षक यम वहादुर चन्द, वाङ्गेसाल गाविस सचिव मुक्ति खनाल, उद्योग वाणिज्य संघका कृष्ण रायमाझि, पत्रकार सुजाता थापा लगायतको टोलिले अनुगमन गरेको हो ।

प्रचलित कानुनमा संवन्धित निकायमा दर्ता नगरि व्यावसाय सञ्चालन गरेमा तुरुन्त वन्द गरि कानुनि कारवाहि अगाडि वढाउने व्यवस्था रहेको छ । लेवलमा मिश्रण, तौल र परिणाम उल्लेख नभएका वस्तु उत्पादन वा विक्रि  वितरण गरेमा २ वर्ष सम्म कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था भने कमसल वस्तु उत्पादन वा विक्रि वितरण गरे तिन वर्ष कैद वा ५० हजार नरिवाना वा दुवै सजाय हुने व्यावस्था छ ।

यस्तै अखाद्य वस्तु मिसावट सहितका र म्याद नाघेका ज्यान खतरा हुने वस्तु उत्पादन वा विक्रि वितरण गरेमा १५ वर्ष कैद वा ५ लाख गरिवाना वा दुवै सजाय हुने व्यावस्था छ भने स्वास्थ्यमा प्रतिकुल असर गर्ने भए ४ वर्ष कैद वा ३ लाख जरिवाना वा दुवै सजायको व्यवस्था रहेको छ ।

मदिराजन्य उत्पादन तोकिएको अवधिमा वाहेक र नावालकलाई विक्रि गरेमा, अस्लिल वा लज्जास्पद क्रियाकलाप गरेमा ३ वर्ष कैद वा ५ हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । साथै व्यावसायिले मुल्यसुचि नराखेमा तिन दिनभित्र मुल्यसुचि राख्न म्याद दिने र नमानेमा कानुनि कारवाहि अगाडि वढाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान