२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अबैध गाँजा खेती नष्ट गर्न कार्ययोजना तयार

८ मंसिर २०७२, मंगलवार ०२:०६

मङ्सिर ८, मकवानपुर
मकवानपुर प्रहरीले जिल्लाका बिभिन्न स्थानमा लगाएको अबैद्य गाँजा खेती नष्ट गर्न कार्ययोजना
बनाएको छ ।

जिल्लाको पश्चिमी मनहरी,काँकडा सरिखेत गाविस,उत्तर
पश्चिम क्षेत्रका आग्रा,गोगने डाँडाखर्क लगायतका गाविस र पुर्वी क्षेत्रका फापरबारी,राईगाउँ लगायतका
क्षेत्रमा लगाएको गाँजा तीन चरणमा फडानी गर्ने प्रहरीले योजना बनाएको हो ।

सोमबार भएको सर्बदलीय बैठकले प्रहरीको गाँजा फडानी अभियानलाई सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकमा मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले गाँजा फडानी तयारीबारे दलहरुलाई जानकरी गराउँदै सहयोगको
लागि आग्रह गर्नुभएको थियो ।

बैठकमा सहभागी दलका नेताहरुले
गाँजा पाक्ने बेलामा भन्दा पनि ब्याडमा नै नष्ट गर्नुपर्नेमा जोेड दिएका थिए । भने गाँजाको बिकल्पमा
अन्य खेती गर्ने बातावरण र पुर्वाधार निर्माणमा जुट्नुपर्ने पनि उनीहरुले बताएका थिए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया,स्थानीय विकास अधिकारी लक्ष्मण
बिक्रम थापा,जिल्लास्थित राजनीतिक दलका नेताहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…