असोज १९ पर्वत । जिल्ला पशु सेवा कार्यालय पर्वतले दशैलाई लक्षित गरी मासु पसलको अनुगमन गरेको छ ।
    कुश्मा बजार, पातिचौर र डिमुवामा गरिएको मासु पसलको अनुगमनमा  समान्य मापदण्ड     पुरा नगरेका आधा दर्जन भन्दा बढी मासुपसललाई कारवाही गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९ पर्वत । जिल्ला पशु सेवा कार्यालय पर्वतले दशैलाई लक्षित गरी मासु पसलको अनुगमन गरेको छ ।
    कुश्मा बजार, पातिचौर र डिमुवामा गरिएको मासु पसलको अनुगमनमा  समान्य मापदण्ड     पुरा नगरेका आधा दर्जन भन्दा बढी मासुपसललाई कारवाही गर"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दशैलाई लक्षित गरी पशु कार्यालयको अनुगमन आधा दर्जनलाई कारवाही

१९ आश्विन २०७३, बुधबार ०४:३५

असोज १९ पर्वत । जिल्ला पशु सेवा कार्यालय पर्वतले दशैलाई लक्षित गरी मासु पसलको अनुगमन गरेको छ ।
    कुश्मा बजार, पातिचौर र डिमुवामा गरिएको मासु पसलको अनुगमनमा  समान्य मापदण्ड     पुरा नगरेका आधा दर्जन भन्दा बढी मासुपसललाई कारवाही गरिएको पशु सेवा कार्यालय पर्वतले जनाएको छ । डिमुवापातिचौर भेगमा मात्रै ६ वटा मासु पसलाई कारवाही गरिएको पशु चिकित्सक डा. विकास श्रेष्ठले जानकारी दिए । गत साउन ३१ गते  मासु पसल सुधारका लागि दिएको मापदण्ड     पुरा नगरी संचालन गरेको भन्दै उक्त पसलहरुबाट ढक, तराजु, अचानो, दाउ लगायतका समाग्रीहरु नियन्त्रणमा लिएको श्रेष्ठले बताए । कुश्मा बजारमा    रहेका बाबुराम फ्रेस हाउस, न्यू सिटी फ्रेस हाउस, सोल्टी कृषि फर्ममा न्यूनतम मापदण्ड पुरा    नगरेको पाइएपछि ढक, तराजु लगायतका अन्य समाग्री नियन्त्रणमा लिएको उनको तर्क छ । कुश्मा रहेको न्यू सिटि फ्रेस हाउस  दर्ता नगरी संचालनमा रहेको समेत उनले बताए । मासु पसललमा सिसाको झ्याल, डि–फ्रिज तथा अन्य आवश्यक पर्ने समाग्री हरु राख्नको लागि अनुगमनमा      जानकारी गराइएको उनले बताए्र ।
    दशैमा मासुको प्रयोग बढी हुने भएकोले डा. श्रेष्ठले मासुको प्रयोग गर्दा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले मासु पसलबाट खरिद गर्दा डि–फ्रिजमा रोखको छ वा छैनन्, गन्ध आएको छ वा छैनन्, मासुमा रौं वा भुत्ला छ वा छैन, छाला, मासुहण्डी र भित्रि अङ्गहरु छुट्टाइएको छ वा छैन त्यसको     जानकारी लिएर मात्रै मासु खरिद गर्नको लागि उनको सुझाव छ ।
    श्रेष्ठले दशैको बेलामा मासुको प्रयोग बढि हुने भएकोले मासु पकाउँदा समेत राम्रो सँग ध्यान दिनुपर्ने, पसलेले एप्रोन लगाएको वा पसलेले स्वयम स्वस्थ छ वा छैन त्यसको बारेमा जानकारी लिन उनले सुझाब दिएका छन् । पसलेको हातमा घाउखटिरा वा अन्य कुनै रोग लागेको भए त्यस्तो पसलेले विक्रि  गरेको मासु खान नहुने बताए । दशैको लागि लक्षित गरी बजारमा आएका खसि छनोट गर्दा समेत उनले ध्यान दिन आग्रह गरेका छन् । खसी रोज्दा खसी झोक्राएको वा नाक, मुख, आँखा वा अन्य शरिरका अंगबाट विप वा सिगान आएको वा पातलो दिशा गरेको खसी खानाको लागि योग्य नभएको बताए । उनले खसीको छनोटमा समेत समान्य कुरामा ध्यान दिन सकेमा मात्रै पनि स्वस्थकर खसिको छनोट हुने तर त्यसलाई खानको लागि तयार पार्दा समेत ध्यान दिनुपर्ने उनको तर्क    छ । यसैविच प्रहरीले ७६ केजी मासु नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार