२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा बडादसैँको चहलपहल बढ्यो, गाउँ भरिँदै सहर रित्तिँदै

२०७३, १९ आश्विन बुधबार ०६:३६

 असोज १९, पोखरा । नेपालीको महान् चाड बडादसैँको आगमनले पोखरा र आसपासमा केही दिनयता चहलपहल बढ्दै छ । 

दसैँलाई लक्षित गरी आवतजावत गर्नेको चाप सहर क्षेत्रमा बढिरहेको छ भने दसैँका लागि गाउँ फर्कने क्रमले विगतमा सुनसान बनेका बस्तीमा खुसीयाली बढाएको छ । 

रोजगारीको खोजीमा युवाको गाउँ छोड्नुपर्ने बाध्यता भए पनि दसैँ तिहार जस्ता चाडपर्वले वर्षमा एक दुई पटक परिवारका सदस्यबीच जमघट गराउने गरेको कास्की भरतपोखरीका टेकप्रसाद अधिकारी बताउनुहुन्छ । 

“पछिल्ला वर्षमा अधिकांश गाउँका युवा रोजगारीको खोजीमा विदेश गएका छन् भने नेपालभित्रै पनि रोजगारी र अन्य अवसरका लागि युवा सहर बस्ने गरेकाले धेरै गाउँमा बूढाबूढीबाहेक कोही छैनन्,” उहाँले भन्नुभयो, “कहिले दसैँ आउँला र आफ्ना छोराछोरीसँग बसौँला भन्ने आशमा वर्ष बिताएका बूढाबूढीमा आफ्ना छोराछोरी तथा परिवारका सदस्य फर्केपछि खुसीयाली छाएको छ ।” 

रोजगारीका सिलसिलामा भारतको नयाँदिल्लीमा पुगेका नेपाली केही दिनयता ठूलो सङ्ख्यामा फर्किरहेको दिल्ली–पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको मोर्डन इरा टुर एन्ड ट्राभल्स दिल्ली शाखाका संयोजक दिलप पौडेलले जानकारी दिनुभयो । 

दसैँ आउन एक महिना अघिदेखि नै पोखरा तथा बागलुङको बस टिकट लिन धेरै नेपाली सम्पर्कमा आएको उहाँले बताउनुभयो । “मोर्डन इराले दिल्लीको बरफखानाबाट बागलुङ हप्तामा तीन दिन र दिल्लीकै जहांगिरपुरीबाट पोखरा दैनिक एक वटा बस निरन्तर सञ्चालन गर्दै आएको थियो,” उहाँले भन्नुभयो, दसैँ तिहारमा स्वदेश फर्कने नेपालीको चापलाई दृष्टिगत गरी दिल्लीबाट बागलुङ दैनिक एक बस सञ्चालनमा ल्याएका छौँ भने जहांगिरपुरीबाट अरु दुई वटा बस थपेर दैनिक तीनवटा वस सञ्चालनमा आएका छन् ।” 

मोर्डन इरा र उत्तर प्रदेश परिबहन निगमको सहकार्यमा नयाँदिल्लीकै आनन्द विहारबाट पोखरा र पोखराबाट आन्नद विहारका लागि दैनिक नेपाल भारतमैत्री बस सेवा पनि सञ्चालन हुँदै आएको छ । 

दसैँको समयमा आफ्ना घर फर्कन चाहने प्रत्येक सर्वसाधारणलाई असहज नहोस् भनी पृथ्वी राजमार्ग बस सञ्चालक समितिले प्रत्येक रुटमा थप बस सञ्चालन गरिररहेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार शाहीले जानकारी दिनुभयो । 

“दसैँमा घर फर्कने जो कोहीले यातायातका कारण असुविधा नपाउन् भन्ने सोचका साथ गाडीको सङ्ख्या बढाएका छौँ,” उहाँले भन्नुभयो, “पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत पोखराबाट दैनिक ६÷७ सय सङ्ख्यामा बस गुडिरहेकामा दसैँलाई लक्षित गरी लगभग एक हजार ३०० भन्दा बढी सङ्ख्याका बसले यतिखेर सेवा दिइरहेका छन् ।” 

घटस्थापना सुरु भएयता रोजगारीका क्रममा पोखरा बस्दै आएका अधिकांश सर्वसाधारण दैनिक रुपमा आफ्नो स्थायी बसोबास भएका बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङलगायतका विभिन्न जिल्लामा फर्कने क्रम निकै बढिरहेको छ । 

दसैँका लागि पोखराको टुँडिखेललगायतका स्थानमा हिमाली जिल्लाबाट भेडा च्याङ्ग्रा बिक्रीका लागि ल्याउने क्रम पनि बढिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह