२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

शैक्षिक गन्तव्यका लागि ५७ बुंदे निर्देशन

८ मंसिर २०७२, मंगलवार १८:००

मङ्सिर ७, हेटौंडा । शैक्षिक सूधार गरी मकवानपुरलाई शैक्षिक गन्तव्य बनाउने
वातावरण निर्माणका लागि जिल्ला शिक्षा कार्यालय मकवानपुरले सम्बन्धित निकायलाई निर्देशन दिएको छ

जिल्ला शिक्षा कार्यालयले गतवर्ष शिक्षा समिति, सभाषद लगायत
सरोकारवाला निकायले गरेको निर्णय शैक्षिक गन्तव्य मकवानपुर निर्माण गर्ने कार्यलाई कार्यान्वयन गर्नका
लागि ५७ बुंदे निर्देशन जारी गरेको हो । सोमबार जिल्ला शिक्षा कार्यालय मकवानपुरमा सरोकार निकायको बैठक
बस्दै शिक्षक, स्रोत व्यक्ति र बिद्यालय निरिक्षकलाई निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी अम्बिका
प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षा विभागका निर्देशकले नै शिकाई सूधारलाई अगाडी
बढाउन आवश्यक पहल थालिसकेको उल्लेख गर्नुहुँदै अरु जिल्लामा भन्दा पृथक रुपमा अघि बढ्ने बताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी आचार्यका अनुसार जिल्लाको शैक्षिक अवस्थाका बारेमा शिक्षक प्रोफाईल, बिद्यालय
प्रोफाइल, स्रोतकेन्द्र र जिल्ला प्रोफाईल निर्माण गरिने बताउनुभयो ।

यस्तै, कक्षागत रुपमा अभिभावक भेला, अभिभावक वडापत्र र शिकाईवडापत्र राख्ने, बिद्यार्थीको
रुटीन, शिकाई उपलब्धी बृद्धी गर्न बिद्यार्थीका लागि सार्प कार्यक्रम, शिक्षक डायरी, शिक्षकका नजरमा
शिक्षक, दिगो विकासका लागि शिक्षा, प्रत्येक बिद्यार्थीमा लैंगिक फोकल पर्सन, बिद्यालय व्यवस्थापन समिति
गठन, लगायतका कार्यक्रम अघि बढाईने उल्लेख गरिएको छ । यसैगरी बिद्यालयमा जंक फुड निशेध गरी शान्ति समिति
निर्माण गरी सक्रीय बनाईने बताइएको छ ।

यस्तै स्रोतकेन्द्रले
शिक्षकले पढाएको भिडियो खिच्ने, कमीकमजोरी हटाउने, शिक्षक हाजिरीजवाफ, लगायत कार्यक्रम सञ्चालन गरिने
उल्लेख छ । बैशाख दोस्रो हप्ता शैक्षिक सामाग्री निर्माण सप्ताह र ज्येष्ठ ८ गते छात्रबृत्ति वितरण दिवस
मनाईने बताइएको छ । शिक्षा अधिकारी आचार्यले चुनौतीका बीच पनि कार्यक्रमहरु लागु हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…