२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हाँडीखोलामा मंसिरबाट भवन निर्माण संहिता लागू

८ मंसिर २०७२, मंगलवार १८:०३

मङ्सिर ७, हेटौंडा । हाँडीखोला गाविसले मंसिर १ गतेबाट भवन निर्माणसंबन्धी निर्देशिका लागू
गर्ने निर्णय गरेको छ । मंगलबार गाविसमा भएको बिशेष गाउ“ परिषद्ले अब बन्ने पक्की भवनहरु सरकारले तोकेको
भवन निर्माणसंबन्धी निर्देशिका बमोजिम निर्माण गर्नुपर्ने निर्णय गरेको हो ।

मंसिर १ बाट भवन आचारसंहिता लागू भएको गाविस सचिव राजु आचार्यले बताए । एक हजार
बर्गफिट भन्दा ठूला आरसीसी भवन निर्माण गर्ने व्यक्तिले नक्सा पास गराएर मात्र भवन निर्माण गर्न पाउने
निर्देशिकाले व्यवस्था गरेको छ । हाँडीखोला गाविसका सर्बदलीय संयन्त्रका प्रतिनिधि, गाउँपरिषद सदस्य,
वडा नागरिक मञ्चका प्रतिनिधि, स्थानीय समाजसेबी, शिक्षक, गैसस प्रतिनिधिको सहभागिता रहेको बिशेष
परिषद्ले आगामी मंसिर १३ गतेदेखि वडा नागरिक मञ्च पुनर्गठन, बालक्लबको भेला तथा मंसिर २१ गतेदेखि योजना
तर्जुमाका लागि वडा भेला गर्ने निर्णय गरेको गाविस सहायक बिदुर पाठकले बताए । चार हजार घरधुरी रहेको
हाँडीखोला गाविसमा खुला दिसामुक्त घोषणा भएपछि थप सरसफाईका कार्यक्रम संचालन गर्न कठिनाई भएको गाविस
सचिव आचार्यले बताएका छन् । गाविसमा एक हजार ५ सय जनाले सामाजिक सुरक्षा भत्ताबापत बार्षिक एक करोड ७
लाख रुपैयाँ पाएका छन् ।

बनकरिया, दनुवार राई, चेपाङ समुदायको
पनि बसोबास रहेको हाँडीखोलामा नामसालिङ सामुदायिक संस्थाले गाविस प्रोफाईल तयार गरेको थियो । प्रोफाईलका
बारेमा पनि मंगलबार छलफल भएको गाविस सहायक पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…