२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हाँडीखोलामा मंसिरबाट भवन निर्माण संहिता लागू

२०७२, ८ मंसिर मंगलवार १८:०३

मङ्सिर ७, हेटौंडा । हाँडीखोला गाविसले मंसिर १ गतेबाट भवन निर्माणसंबन्धी निर्देशिका लागू
गर्ने निर्णय गरेको छ । मंगलबार गाविसमा भएको बिशेष गाउ“ परिषद्ले अब बन्ने पक्की भवनहरु सरकारले तोकेको
भवन निर्माणसंबन्धी निर्देशिका बमोजिम निर्माण गर्नुपर्ने निर्णय गरेको हो ।

मंसिर १ बाट भवन आचारसंहिता लागू भएको गाविस सचिव राजु आचार्यले बताए । एक हजार
बर्गफिट भन्दा ठूला आरसीसी भवन निर्माण गर्ने व्यक्तिले नक्सा पास गराएर मात्र भवन निर्माण गर्न पाउने
निर्देशिकाले व्यवस्था गरेको छ । हाँडीखोला गाविसका सर्बदलीय संयन्त्रका प्रतिनिधि, गाउँपरिषद सदस्य,
वडा नागरिक मञ्चका प्रतिनिधि, स्थानीय समाजसेबी, शिक्षक, गैसस प्रतिनिधिको सहभागिता रहेको बिशेष
परिषद्ले आगामी मंसिर १३ गतेदेखि वडा नागरिक मञ्च पुनर्गठन, बालक्लबको भेला तथा मंसिर २१ गतेदेखि योजना
तर्जुमाका लागि वडा भेला गर्ने निर्णय गरेको गाविस सहायक बिदुर पाठकले बताए । चार हजार घरधुरी रहेको
हाँडीखोला गाविसमा खुला दिसामुक्त घोषणा भएपछि थप सरसफाईका कार्यक्रम संचालन गर्न कठिनाई भएको गाविस
सचिव आचार्यले बताएका छन् । गाविसमा एक हजार ५ सय जनाले सामाजिक सुरक्षा भत्ताबापत बार्षिक एक करोड ७
लाख रुपैयाँ पाएका छन् ।

बनकरिया, दनुवार राई, चेपाङ समुदायको
पनि बसोबास रहेको हाँडीखोलामा नामसालिङ सामुदायिक संस्थाले गाविस प्रोफाईल तयार गरेको थियो । प्रोफाईलका
बारेमा पनि मंगलबार छलफल भएको गाविस सहायक पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन