पूर्णप्रसाद न्यौपाने/असोज १९, ओखलढुंगा ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने/असोज १९, ओखलढुंगा । 
८ माघ २०८२, बुधबार
ओखलढुङ्गा - OKL

सञ्चारमैत्री प्रजिअद्धारा पत्रकार महासंघको भवन बनाउन पनि सहयोग

१९ आश्विन २०७३, बुधबार १०:२५

पूर्णप्रसाद न्यौपाने/असोज १९, ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । ओखलढुंगा सदरमुकाममा निर्माणाधीन भवनको कामलाई निरन्तरता दिन सहयोग गर्ने उद्देश्यले १५ हजार रुपैंया सहयोग गर्नुभएको हो । प्रजिअ अधिकारीले उक्त रकम नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाका कोषाध्यक्ष शिवप्रसाद ढुंगानालाई हस्तारन्तर गर्नुभयो ।


प्रमुख जिल्ला अधिकारी भएर आएसँगै उहाँले जिल्लामा भएका सुचना उपलब्ध गराउने र सुचनाको हक कार्यान्वयनमा गर्न जिल्ला स्थित सबै  कार्यालयहरुलाई निर्देशन दिनुभएको थियो । यस अघि जिल्ला हुलाक कार्यालयमा पनि लामो समय बसेर काम गरेको अनुभव रहेकाले उहाँले   सञ्चारमैत्री प्रशासकको भूमिका निर्वाह गर्दै आउनुभएको जिल्लाका सञ्चारकमीहरु बताउँछन् । 

सबैको साझा सम्पतिको रुपमा निर्माण थालिएको उक्त भवन निर्माणमा सहयोग गर्नु सबैको दायित्व भएकाले आफुले सहयोगको शुरुवात् गरेको प्रजिअ अधिकारीले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रहरी नायव उपरिक्षक मिलन केशीले पत्रकार महासंघको भवन जिल्लाको सम्पति भएकाले सबैको सहयोग आवश्य भएको बताउनुभयो । आफ्नो तर्फबाट सक्दो सहयोग हुने केशीले प्रतिवद्धता जनाउनु भएको छ । 

निर्माणाधीन भवनको काम अघि बढाउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारीलाई महासंघले धन्यवाद ज्ञापन गरेको छ । महासंघलाई सहयोग गर्ने सबै महानुभावहरुलाई सम्मान पत्र र भवनमा शिलालेखमा सहयोगको विवरण राख्ने तयारी गरिएको कोषाध्यक्ष शिवप्रसाद ढुंगानाले जानकारी दिनुभयो । 

महासंघका अध्यक्ष दिपेन्द्र रुम्दालीले सहयोगि हातहरुको जुट्ने विश्वास व्यक्त गर्दै महासंघको भवन निर्माणको काम तिव्ररुपमा अघि बढाईने बताउनुभयो । यसरी महासंघको भवन निर्माणका लागि सहयोग गर्ने प्रजिअ अधिकारी पहिलो व्यक्ति रहेको महासंघले जनाएको छ । आफ्नै घर नहुँदा अहिले ओखलढुंगामा नेपाल पत्रकार महासंघको कार्यालय भाडामा लिएको कोठाबाट सञ्चालन हुँदै आएको छ । भवन निर्माणको काम अहिले धमाधम भईरहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार