२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडामा अन्तर्राष्ट्रिय आमन्त्र गोल्डकप फुटबल प्रतियोगिता स्थगित

२०७२, ८ मंसिर मंगलवार १८:१३

मंसिर ८,
हेटौंडा । भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा आयोजना गर्ने भनिएको
अन्तर्राष्ट्रिय आमन्त्र गोल्डकप फुटबल प्रतियोगिता तत्काललाई स्थगित गरिएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भोम्जनको स्मृतिमा हेटौंडामै
पहिलोपटक यही मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म अन्तर्राष्ट्रियस्तरको आमन्त्रण हेटौंडा गोल्डकप फुटबल
प्रतियोगिता वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आयोजना गरिने तय भएपनि देशको वर्तमान असहज
परिस्थितिका कारण प्रतियोगिता अर्को मिति नतोकिँदासम्मलाई स्थगित गरिएको हो । मंगलबार बसेको आयोजक समिति
र सल्लाहकारहरुसहितको बैठकले हाललाई प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको प्रतिष्ठान अध्यक्ष भेष
खड्कीले जानकारी दिए । बैठकले प्रतियोगिताका लागि प्रायोजन गर्न तयार रहेका व्यावसायिक
प्रतिष्ठानहरुसंगको छलफल र निरन्तर सहकार्यको प्रतिबद्धतासहित देशमा आपूर्ति व्यवस्थालगायत अन्य वातावरण
सहज भएपश्चात् हाल व्यापारिक संघसंस्थासंग प्रतिबद्धताअनुरुप नै प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको
छ ।

बैठकमा हालसम्म भएको कामबारे पनि जानकारी गराइएको थियो ।
हालसम्म वन विज्ञान अध्ययन संस्थानस्थित खेल मैदान सुधारको कार्य भइरहेको, मुख्य प्रायोजक–१,
सह–प्रायोजक–२ र सहयोगी संस्था ३ वटा संस्थाले सहयोगको प्रतिबद्धता जनाएको प्रतिष्ठान महासचिव सविन
न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार प्रतियोगितामा सहभागिता जनाउन थ्री स्टार, भापा–११, भारतको
कञ्चनजंघा, भुटानको सीएमसी, तीन वटा विभागीय टिमहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र
प्रहरीको एपीएफ र नेपाल प्रहरीको नेपाल पुलिस क्लबले प्रतिबद्धता जनाइसकेको र घरेलु टिमको खेलाडी छनौटको
चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन