२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडामा अन्तर्राष्ट्रिय आमन्त्र गोल्डकप फुटबल प्रतियोगिता स्थगित

८ मंसिर २०७२, मंगलवार १८:१३

मंसिर ८,
हेटौंडा । भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा आयोजना गर्ने भनिएको
अन्तर्राष्ट्रिय आमन्त्र गोल्डकप फुटबल प्रतियोगिता तत्काललाई स्थगित गरिएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भोम्जनको स्मृतिमा हेटौंडामै
पहिलोपटक यही मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म अन्तर्राष्ट्रियस्तरको आमन्त्रण हेटौंडा गोल्डकप फुटबल
प्रतियोगिता वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आयोजना गरिने तय भएपनि देशको वर्तमान असहज
परिस्थितिका कारण प्रतियोगिता अर्को मिति नतोकिँदासम्मलाई स्थगित गरिएको हो । मंगलबार बसेको आयोजक समिति
र सल्लाहकारहरुसहितको बैठकले हाललाई प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको प्रतिष्ठान अध्यक्ष भेष
खड्कीले जानकारी दिए । बैठकले प्रतियोगिताका लागि प्रायोजन गर्न तयार रहेका व्यावसायिक
प्रतिष्ठानहरुसंगको छलफल र निरन्तर सहकार्यको प्रतिबद्धतासहित देशमा आपूर्ति व्यवस्थालगायत अन्य वातावरण
सहज भएपश्चात् हाल व्यापारिक संघसंस्थासंग प्रतिबद्धताअनुरुप नै प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको
छ ।

बैठकमा हालसम्म भएको कामबारे पनि जानकारी गराइएको थियो ।
हालसम्म वन विज्ञान अध्ययन संस्थानस्थित खेल मैदान सुधारको कार्य भइरहेको, मुख्य प्रायोजक–१,
सह–प्रायोजक–२ र सहयोगी संस्था ३ वटा संस्थाले सहयोगको प्रतिबद्धता जनाएको प्रतिष्ठान महासचिव सविन
न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार प्रतियोगितामा सहभागिता जनाउन थ्री स्टार, भापा–११, भारतको
कञ्चनजंघा, भुटानको सीएमसी, तीन वटा विभागीय टिमहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र
प्रहरीको एपीएफ र नेपाल प्रहरीको नेपाल पुलिस क्लबले प्रतिबद्धता जनाइसकेको र घरेलु टिमको खेलाडी छनौटको
चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…