२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

दशै तिहार अवधिभर जुम्लामा खाद्यन्न अभाव नहुने

२०७३, १९ आश्विन बुधबार १२:५५

नन्दराम जैशी/असोज १९, जुम्ला । यस बर्षको दशै तिहार अवधिभर जुम्लामा खाद्यन्न अभाव नहुने भएको छ । 

दशै तिहार अवधिभर जुम्ला जिल्लामा चाहिने आवाश्यक खाद्यन्न जिल्लामा मौज्दात रहेकाले खाद्यन्न अभाव नहुने भएको हो । नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका अनुसार हाल जुम्लामा २३ सय क्वीन्टल चामल मौज्दात रहेको छ । 

जसमा अरुवा मोटो, मकवानपुर र बंगलादेशि उसिना ब्राण्डको चामल मौज्दात रहेको खाद्य संस्थान जुम्लाका प्रमुख रण बहादुर एैरले जानकारी दिनुभयो । मौज्दात रहेको चामलमा गत आर्थिक बर्षको १९ क्वीन्टल र चालु आर्थिक बर्षको ५ क्वीन्टल चामल रहेको उहाको भनाइ छ । चालु आर्थिक बर्षको चामल जुम्लामा आयात हुन थालेको पनि उहाले जानकारी दिनुभयो । 

पुरानै चामल मौज्दात रहको र चालु आर्थिक बर्षको पनि चामल आयात हुने क्रम जारी रहेकोले यस बर्षको दशै तिहार अवधिभर जुम्लामा खाद्यन्न अभाव नहुने उहाले तर्क गर्नुभयो । जुम्लामा चामलका लागि बार्षिक १० हजार कोटा रहेको जानकारी दिदै हालको चामल मौज्दात स्थीतिलाइ हेर्दा दशै तिहार पछि पनि खाद्यन्न अभाव नहुने उहाले बताउनुभयो । 

साथै जुम्लाका लागि दशै तिहारलाइ लक्षीत गरी नेपाल सरकारले प्रति प्याक चालममा ५ प्रतिशत रकम छुट गरेको बताइएको छ । केहि बर्ष पहिलेको तुलनामा हाल जुम्लामा खाद्य संस्थानको चामल उपभोग गर्नेको संख्यामा पनि कमि आएको छ । 

कर्णाली राजमार्गको स्तरउन्नतीसँगै जुम्लाका ग्रामिण भेगसम्म पनि सडक संजाल जोडिएपछि स्थानियको गाँघरमै ब्यापारीद्धारा खाद्यन्न ढुवानि हुन थालेपछि खाद्य संस्थानबाट चामल खरीद गर्नेको संख्यामा कमि आएको खाद्य संस्थान जुम्लाका प्रमुख रण बहादुर एैरले बताउनुभयो । 

हाल संस्थानबाट अन्य दिनहरुको तुलनामा आइतबार र बुधबारका दिन चामल खरीद गर्नेहरुको भिडलाग्ने गरेको बताइएको छ । संस्थानबाट प्रतिदिन ५ देखि १० क्वीन्टलसम्म चामल बिक्रि हुने गरेको संस्थानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन