८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

दशै तिहार अवधिभर जुम्लामा खाद्यन्न अभाव नहुने

१९ आश्विन २०७३, बुधबार १२:५५

नन्दराम जैशी/असोज १९, जुम्ला । यस बर्षको दशै तिहार अवधिभर जुम्लामा खाद्यन्न अभाव नहुने भएको छ । 

दशै तिहार अवधिभर जुम्ला जिल्लामा चाहिने आवाश्यक खाद्यन्न जिल्लामा मौज्दात रहेकाले खाद्यन्न अभाव नहुने भएको हो । नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका अनुसार हाल जुम्लामा २३ सय क्वीन्टल चामल मौज्दात रहेको छ । 

जसमा अरुवा मोटो, मकवानपुर र बंगलादेशि उसिना ब्राण्डको चामल मौज्दात रहेको खाद्य संस्थान जुम्लाका प्रमुख रण बहादुर एैरले जानकारी दिनुभयो । मौज्दात रहेको चामलमा गत आर्थिक बर्षको १९ क्वीन्टल र चालु आर्थिक बर्षको ५ क्वीन्टल चामल रहेको उहाको भनाइ छ । चालु आर्थिक बर्षको चामल जुम्लामा आयात हुन थालेको पनि उहाले जानकारी दिनुभयो । 

पुरानै चामल मौज्दात रहको र चालु आर्थिक बर्षको पनि चामल आयात हुने क्रम जारी रहेकोले यस बर्षको दशै तिहार अवधिभर जुम्लामा खाद्यन्न अभाव नहुने उहाले तर्क गर्नुभयो । जुम्लामा चामलका लागि बार्षिक १० हजार कोटा रहेको जानकारी दिदै हालको चामल मौज्दात स्थीतिलाइ हेर्दा दशै तिहार पछि पनि खाद्यन्न अभाव नहुने उहाले बताउनुभयो । 

साथै जुम्लाका लागि दशै तिहारलाइ लक्षीत गरी नेपाल सरकारले प्रति प्याक चालममा ५ प्रतिशत रकम छुट गरेको बताइएको छ । केहि बर्ष पहिलेको तुलनामा हाल जुम्लामा खाद्य संस्थानको चामल उपभोग गर्नेको संख्यामा पनि कमि आएको छ । 

कर्णाली राजमार्गको स्तरउन्नतीसँगै जुम्लाका ग्रामिण भेगसम्म पनि सडक संजाल जोडिएपछि स्थानियको गाँघरमै ब्यापारीद्धारा खाद्यन्न ढुवानि हुन थालेपछि खाद्य संस्थानबाट चामल खरीद गर्नेको संख्यामा कमि आएको खाद्य संस्थान जुम्लाका प्रमुख रण बहादुर एैरले बताउनुभयो । 

हाल संस्थानबाट अन्य दिनहरुको तुलनामा आइतबार र बुधबारका दिन चामल खरीद गर्नेहरुको भिडलाग्ने गरेको बताइएको छ । संस्थानबाट प्रतिदिन ५ देखि १० क्वीन्टलसम्म चामल बिक्रि हुने गरेको संस्थानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार