२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कालो बजारी गरेको उजुरी दिनुस कार्वाही गर्छुः प्रजिअ थपलिया

८ मंसिर २०७२, मंगलवार १८:२१

asas

मङ्सिर ८, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी
रामप्रसाद थपलियाले देशमा परेको राष्ट्रिय संकटको मौंका छोपी कालोबजारी गर्ने जो कोहीलाई प्रशासनले
नछाड्ने बताउनुभएको छ ।

सञ्चार संघ नेपाल द्धारा सञ्चालित
सामुदायिक रेडियो, रेडियो निकास ९३ दशमलव ४ मेगाहर्जको दोस्रो वार्षिक उत्सव र निकास साप्ताहिकको ११ औँ
वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको “नाकबन्दीमा हामी” बिषयक अन्तक्रिया कार्यक्रममा सहभागिहरुले
उठाएको प्रश्नको जवाफ दिदैं प्रमुख जिल्ला अधिकारी थपलियाले भारतले गरेको नाकाबन्दीले मकवानपुर जिल्लामा
कालोबजारी बढेको जानकारीमा आएको भएपनि जिल्ला प्रशासन कार्यालयमा कालोबजारी गर्नेहरु बिरुद्ध कुनै पनि
उजुरी नआएको बताउनुभयो । जस्ले कालो बजारी गर्छ प्रहरीको निःशुल्क हटलाईन नम्बर १०० मा फनेन गर्नुस हामी
तुरुन्तैं कार्वाही गर्छौ प्रमुख जिल्ला अधिकारी थपलियाले भन्नुभयो मकवानपुर जिल्ला अन्य जिल्लाको लागि
ट्रान्जिट प्वाइन्ट भएको छ कालो भएको उजुरी दिनुस कार्वाही गर्छौं ।

थपलियाले इन्धन, खाद्यान्न लगायतको सामाग्रीमा कालोबजारी जिल्लामा बढेता पनि कुनै पनि
उपभोक्ताहरु प्रशासनमा उजुरी गर्न नआएको बताउनुभयो । मकवानपुर जिल्लामा ग्यास र ईन्धनको कम आपूर्ति भएको
थपलियाले बताउनुभयो । मकवानपुर जिल्लामा रहेका विभिन्न ग्यासका डिलरहरु प्रशासनको सम्पर्कमा नआएकोले
जिल्लामा सहारा ग्यास बाहेक अन्य ग्यास वितरण गर्नमा समस्या परेको प्रमुख जिल्ला अधिकारी थपलियाको भनाइ
रहेको थियो । प्रमुख जिल्ला अधिकारी थपलियाले कालोबजारी र तस्करी रोक्न लागि परेको जनाउनुभयो । उहाँले
नाकाबन्दीको असहज परिस्थितिलाई सहज बनाउन सबै पक्षको सहयोग आवश्यक परेको बताउनुभयो । प्रशासनले
नाकाबन्दीका कारण अभाव र असहज भएका सामान तथा वस्तुलाई सहज रुपमा उपभोक्तासम्म पुर्याउन लागि परेको
थपलियाले उल्लेख गर्नुभयो ।

asgf

कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका अध्यक्ष ललित घलानले भारतले गरेको नाकाबन्दीले
गर्दा मकवानपुर जिल्लामा कालोबजारी बढेकोले जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनको सक्रियता
बढाउनुपर्ने बताउनुभयो । राजनीतिक दलहरु मिलेर नेपालको नयाँ संविधान घोषणा गरेअनुसार नाकाबन्दीको निकासा
पनि राजनीतिक दलले गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा
नेपाली कांग्रेसका सभापति रघुरमण न्यौपाने राप्रपा नेपालका खिलप्रसाद चौलागाईं, जनमोर्चा नेपालका
अध्यक्ष कमलचन्द्र सुमनले असहज परिस्थितिमा प्रशासनको भूमिका महत्वपूर्ण हुने भएकाले अनुगमनका लागि
आग्रह गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रजातान्त्रिक कानुन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष केशव
काफ्ले उपभोग्य सामानहरु उचित तवरले वितरण गर्नुपर्ने बताए । ‘ मकवानपुर जिल्लामा वितरण भएका ग्याँसका
डिपोहरुले पनि कालोबजारी गरेको छ’ काफ्लेले ग्यास व्यवसायीहरुले ७ किलो भनेर ५ किलो मात्रैं ग्यास बितरण
गरेको बताउनुभयो ।

त्यसैगरी नारायणी यातायात व्यवसायी संघ
मकवानपुरका अध्यक्ष बद्री चौलागाईले संघबाट सञ्चालित सवारीसाधनले सरकारले तोकिएको भाडामा मूल्य वृद्धि
नगरेको बताउनुभयो । उहाँले भाडामा मूल्यवृद्धि गर्ने र भ्रष्टाचार गर्नेलाई कानुनको कठघरामा
उभ्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले
कालोबजारी रोक्न उद्योग बाणिज्य संघ क्रियाशिल रहेको बताउनुभयो न्यौंपानेले कालोबजारी गर्नेलाई संघले
संरक्षण नगर्ने बताउनुभयो ।

सञ्चार संघ नेपाल (रेडियो निकास) का
अध्यक्ष सुनिल खड्काको अध्यक्षतमा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका सचिव बासु खतिवडा,
नागरिक सरोकार समितिका अध्यक्ष केशव गौतम, मानवअधिकार तथा शान्ति समाजका सभापति राजन दाहाल खुशराज,
अनेरास्ववियुका अध्यक्ष सन्तोष चौलागाईंलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’