असोज २० पर्वत । चाडपर्वमा लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालयले विषेश शुरक्षा योजना तयार पारेको छ ।
    चाडपर्वमा विभिन्न प्रकृतिका घटना हुन सक्ने भन्दै प्रशासन र प्रहरीले विशेष योजना बनाएको बुधबार जिल्ला प्रशासनका पत्रकारसँग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २० पर्वत । चाडपर्वमा लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालयले विषेश शुरक्षा योजना तयार पारेको छ ।
    चाडपर्वमा विभिन्न प्रकृतिका घटना हुन सक्ने भन्दै प्रशासन र प्रहरीले विशेष योजना बनाएको बुधबार जिल्ला प्रशासनका पत्रकारसँग "/>
२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला प्रशासन र प्रहरीको दशैलाइ लक्षित गरी विशेष सुरक्षा योजना

२०७३, २० आश्विन बिहीबार ०४:४५

असोज २० पर्वत । चाडपर्वमा लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालयले विषेश शुरक्षा योजना तयार पारेको छ ।
    चाडपर्वमा विभिन्न प्रकृतिका घटना हुन सक्ने भन्दै प्रशासन र प्रहरीले विशेष योजना बनाएको बुधबार जिल्ला प्रशासनका पत्रकारसँग शुभकामना कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय पर्वतले दशै लक्षित आफ्नो सुरक्षा व्यवस्थापन योजना सार्वजानिक गरेको हो ।
    दशैमा हुने घरेली हिंसा तथा घरेलु हिंसा रोकथामको लागि प्रहरीले विशेष योजना बनाएको छ । प्र्रहरीले  कर्मचारी थप गरी पैदल गस्ती, मोवाइल गस्ती, रात्री गस्ती, सादापोषाक गस्ती तथा    सिसिक्यामेरा मनिटरिङ योजनालाई प्रभावकारी बनाउने जनाएको छ ।
    दशैको बेलामा घरेलु मदिराको प्रयोग बढी हुने भएकोले त्यसको न्यूनिकरणको लागि आफुहरुले अम्रेला योजना ल्याएको प्रहरीले बताएको छ ।
    प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले जिल्लामा दशैको लागि लक्षित गरी विशेष सुरक्षा योजना तयार गरीएको बताए । उनले जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरीसँग समन्वय गरी विशेष सुरक्षा योजना तयार पारेको जानकारी दिए ।
    दशैको बेलामा हुने    अपराधलाई न्यूनिकरण गर्नको लागि विशेष सुरक्षा योजना तयार       पारिएको उनको तर्क छ । शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले आव २०७३।०७४ साउन देखि असोज महिना सम्मको आफ्नो काम विवरण समेत सार्वजानिक गरेको छ । जिल्लामा रहेको सरकारी कार्यालयमा विद्युतीय हाजिरी मेशिनको प्रयोगको व्यवस्था मिलाउनु, हुवासमा इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा प्रवाह गर्नु, एकीकृत घुम्ती शिविर संचालन, जिल्ला शुरक्षा योजना तयार पार्नु, प्रशासनको नयाँ भवन निर्माण प्रारम्भ गर्नुलाई महत्वपूर्ण उपलब्धी मानेको छ ।
    प्रशासनले आवको पहिलो दुईमहिनामा ४ सय भन्दा बढी साधरण राहदानी सिफारिस गरेको छ । श्रावण महिनामा २ सय ६८, भाद्रमा १ सय १३ साधरण राहदानी सिफारिस र द्रुतमा श्रावणमा २ सय २० र भाद्रमा २ सय २३ वटा सिफारिस गरेको जनाएको छ । त्यसैगरी श्रावण महिनामा ३ सय ३२, भाद्रमा ३ सय ७९ वटा नयाँ नागरिकता, बैवाहिक अंगिकृत १,द श्रावणमा २ सय २२, भाद्रमा २ सय ९ वटा वितरण गरेको आफ्नो दुई महिने उपलब्धी विवरणमा उल्लेख गरेको छ ।
आवका पहिलो दुइ महिनामा जिल्ला प्रशासनमा ठाडो उजुरी ३२, दर्ता विवाह २, हातहतियार नविकरण ५५, भएको जनाएको छ । प्रशसन शाखा अन्तरगता नाबालक परिचय पत्र ३२, पेन्सन सिफारिस  १ सय ४१, विभिन्न प्रमाणित कागजात १ सय ९५, संस्था दर्ता नविकरणमा ८ दर्ता र १ सय १२ नविकरण। पत्रपत्रिका दर्ता ५ वटा भएको जनाएको छ ।
    प्रमुख जिल्ला    अधिकारी मरासिनीले जिल्लामा २० पटकमा २ सय ७० वटा पसलको अनुगमन गरेको बताए । जसमध्ये २८ वटा पसलललाई कारवाही गरीएको उल्लेख गरे । अबैध रुपमा इसिजि, भिडियो एक्सरे, एक्सरे लगायतका सेवा संचालन गरेका मेडिकलको अनुगमन भएर पनि किन कारवाही हुन सकेन भन्ने पत्रकारहरुको प्रश्नमा उनले १ महिनाको समय अवधि दिएर सु्धारको लागि मौका दिएको र एक महिना पुग्नाािथ अनुगमन गर्ने र रित पुरा नगरे कारवाही गर्ने बताए ।
    स्वास्थ्यसंग सम्बन्धीत संवेशनशिल विषयबस्तु भएका कारण आफुले तत्काल बन्द गर्न नसकेको बताए तर उनले नागरिकको संबेदनशिल स्वास्थ्यमाथि खेलवाड भएको कुरालाई भने विर्से । जिल्लामा रहेका मासु, मदिार विक्रिवितरण गर्ने, किराना पसल र औषधी पसलको अनुगमन      गरेको उनले बताएता पनि त्यसबाट खासै उपलब्धी भएको भने देखिएन । अनुगमन गर्नुभन्दा अगावै सम्बन्धी संस्था वा पसलेलाई सुचना प्रवाह हुने भएकोले अनुगमन प्रभावित नभएको उनले स्वीकार समेत गरे तर कसले र कसरी सूचना लिग हुन्छ भन्ने विषय भने खुलाउन सकेनन् ।
    जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रनाउ शेखर खनालले दशैमा हुने विभिन्न प्रकृतिका घटनाको रोकथामको लागि लक्षित गरी योजना तयार पारेको बताए । जिल्ला अदालत पर्वतले विभिन्न मुद्धामा कसुर फैसला गरी दण्ड सजाय तोकेर पनि फरार रहेका हालसम्म ३८ जना पक्राउ गरी अदालतमा बुझाएको बताउँदै उनले यसलाई निरन्तरता दिने बताए ।
जिल्लामा गाउँघरमा स्थानीयको पहलमा १ हजाभन्दा बढी गाँजाको बोट समेत नष्ट गरेको उनले बताए । चाडपर्वको बेलामा लक्षित गरी प्रहरीले तयार पारेको योजना निकै प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।a

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने