२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा दसैँमा खाद्यान्न अभाव, सप्तचण्डी पुराण

२०७३, २० आश्विन बिहीबार ०५:३२

असोज २०,  भोजपुर । जिल्लाको पश्चिमी गुप्तेश्वर तथा सिद्धेश्वर गाविसमा दसैँ, तिहार नजिकिएसँगै नुन, तेललगायत खाद्यान्नको अभाव देखिन थालेको छ । 

चाडपर्वका बेला आवश्यकताअनुसारको सामान लिन नपाउँदा स्थानीयबासिन्दा मारमा परेको स्थानीय लक्ष्मण चौहानले बताउनुभयो । 

ढुवानी समस्याका कारण आवश्यकताअनुसार खाद्यान्नको आपूर्ति गर्न नसकेको व्यापारी भलाकाजी खड्काले बताउनुभयो । केही दिनमै सडक राम्रो भएमा सामान आपूर्ति सहज हुने व्यवसायीको भनाइ छ । 

चम्पेमा सप्तचण्डी पुराण 

यसैबीच, दलगाउँस्थित बेहेरेश्वर महादेव मन्दिरको सरसफाइ गरिएको छ । पुरातात्विक महत्व बोकेको मन्दिर संरक्षणको अभावमा जीर्ण हुँदै गइरहेकाले यसको संरक्षण र संबद्र्धनमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको स्थानीय अगुवाको भनाइ छ । 

साथै, चम्पे गाविसमा रहेको वडारे नयाँ देवीथानमा पण्डित सोमनाथ कोइरालासहित नौ जना पण्डितद्वारा सप्तचण्डी पुराण सम्पन्न गरिएको छ । 

वडा दसैँको फूलपाती पूजा गर्नुपुर्व यस देवीथानमा परम्परादेखि नै होमादी दिने कार्य गरिँदै आइएको र सदाका वर्षमा झैँ यस वर्ष पनि होमादी गर्ने कार्यक्रम सम्पन्न भएको चम्पेका स्थानीय सरस्वती फुयाँलले जानकारी दिनुभयो । 

पुराणमा चम्पे तथा याङपाङ गाविसका अधिकांश श्रद्धालु भक्तजनको सक्रीय उपस्थिति रहेको थियो । पण्डितले देवीलाई पूजाअर्चना गरेपछि देवी खुसी भई खेतीपातीलाई दैविक प्रकोपबाट जोगाउने जनविश्वास रहँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश