२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गैँडाकोटमा दुव्र्यसनीको सञ्जालः चिन्ता र चासो

२०७३, २० आश्विन बिहीबार ०७:००

लक्ष्मी पौडेल /असोज २०, नवलपरासी ।  पुर्वपश्चिम राजमार्गको केन्द्र भाग नवलपरासीको गैँडाकोट क्षेत्र लागु औषध दुव्र्यसनीका दृष्टीकोणले जोखीमयुक्त रहेको सरोकारवालाले बताएका छन् । सामुदायीक सेवा केन्द्र गैँडाकोटको आयोजनामा प्रहरी मेरो साथी अभियान अन्तर्गत भएको दुर्घटना अपराध र विकृती न्युनीकरण सम्बन्धी अन्तक्रियामा बोल्ने अधिकांसले गैँडाकोट लागु औषध दुव्र्यसनीका लागी ट्रान्जीट प्वाईन्ट बन्दै गएकोमा चिन्ता व्यक्त गरे । सेवा केन्द्रका अध्यक्ष दाताराम घिमिरेको अध्यक्षता तथा गैँडाकोट नगरपालीका प्रमुख एवं कार्यकारी अधिकृत श्रीकृष्ण नेपालको प्रमुख आतीथ्यमा भएको कार्यक्रममा नेपाली काँग्रेस गैँडाकोट नगर सचिव बिष्णु प्रसाद सापकोटा, नेकपा एमाले नगर कमिटी सदस्य गुणाखर रेग्मी, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष दुर्गादत्त ढुंगाना संघिय समाजबादी फोरम नेपालका जिल्ला सदस्य, लालु खनाल, लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण सेवा केन्द्रका सचिव भुमिस्वर शमाले गर्नुभएको थियो । कार्यक्रममा सहभागी सर्वसाधारणले गैँडाकोटमा दुव्र्यसनी न्युनीकरणका लागी प्रयाप्त प्रयास नभएको गुनासो गरे ।  गैँडाकोट गैरीका स्थानीय दुर्गाप्रसाद ढकालले गैँडाकोट क्षेत्रका चोक चोक अहिले लागु पदार्थ सेवन गर्ने युवाहरुको अखडा बन्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 


यता अर्का स्थानीय अध्यक्ष ध्रुवप्रसाद सिग्देलले भने लागुऔषध प्रयोगकर्ता लाई मात्र नभई त्यसको ओसारपसारमा संलग्नलाई खोजी र कारबाही गर्नुपर्ने बताउनुभयो । लागुऔषधका कारोबारीलाई राज्यको माथील्लो निकायबाट नै संरक्षण हुने गरेको भन्दै सिग्देलले त्यस्तो कार्य हुन नहुनेमा जोड दिनुभयो । गैँडकोटका स्थानीय सानै उमेरमा बालबालीका गलत संस्कार र दुव्र्यसनीको दुश्चक्रको दलदलमा फसेकोमा चिन्तीत थिए । स्थानीय माधव प्रसाद गौतम घरपरिवारबाटै सहि संस्कार दिन नसकिएको भन्दै दुखेसो पोख्नुभयो ।

सर्वसाधारणका गुनासा र चिन्ता सुनीसकेपछी ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले प्रहरीको निरन्तर प्रयास रहेको बताउनुभयो । दुव्र्यसनीमा फसेकालाई राम्रो व्यवहार गरेर सुर्धान सकिने उहाँको भनाई थियो ।

यता सामुदायीक सेवा केन्द्र गैडाकोटका अध्यक्ष दाताराम घिमिरेले गुनासो धेरै आएको भन्दै अब सामुहीक अभियानमा लाग्ने बताउनुभयो । भविस्यको काँध विसाउने आशा राखिएका तन्नेरीहरु नै दुव्यर्सनी को लतमा फस्नु सबैका लागी चिन्ताको बिषय हो । असल संगत, व्यवहार र संस्कार दिएर युवाशक्तिलाई कर्मशिल बनाउन सबै चनाखो हुने की ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा