पूर्णप्रसाद न्यौपाने/असोज २०, ओखलढुंगा । आज ६१ औं प्रहरी दिवस, देशभर विविध कार्यक्रम गरि मनाइएको छ । प्रहरी दिवस ओखलढुंगामा पनि एक भव्य समारोह गरी मनाईएको छ । प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने/असोज २०, ओखलढुंगा । आज ६१ औं प्रहरी दिवस, देशभर विविध कार्यक्रम गरि मनाइएको छ । प्रहरी दिवस ओखलढुंगामा पनि एक भव्य समारोह गरी मनाईएको छ । प्"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

प्रहरी दिवस ओखलढुंगामा पनि मनाईयो (फोटो फिचर)

२०७३, २० आश्विन बिहीबार १०:१२

पूर्णप्रसाद न्यौपाने/असोज २०, ओखलढुंगा । आज ६१ औं प्रहरी दिवस, देशभर विविध कार्यक्रम गरि मनाइएको छ । प्रहरी दिवस ओखलढुंगामा पनि एक भव्य समारोह गरी मनाईएको छ । प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित सबै क्षेत्रका सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै सहभागिहरुले नेपाल प्रहरीको सेवा नागरिकमैत्री हुनुपर्नेमा जोड दिएका छन् । समाजमा हु्ने सवैखाले घटनाहरुसँग प्रहरीको सिधा सरोकार हुने भएकाले प्रहरीले निष्पक्ष र तटस्थ भएर काम गर्नुपर्ने बताएका हुन् । अनेकौँ चुनौती रहेको ओखलढुंगामा पर्याप्त जनशक्ती नरहेको अवस्थामा पनि प्रहरीले दिईरहेको सेवा निकै प्रभावकारी रहेको भन्दै कार्यक्रमका सबैजसो वत्ताहरुले प्रहरी सेवाको प्रशंसा गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लाको शान्ति सुव्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायहरुबिच आवश्यक समन्वय भईरहेको जानकारी दिँदै नागरिक समाज र समुदायका अगुवाहरुले पनि विषेश भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रजिअ अधिकारीले प्रहरीले आफ्ना गतिविधिलाई निष्पक्ष रुपमा सम्पादन गर्नुपर्ने बताउँदै प्रहरी नै आम नागरिकको सुरक्षाको पहिलो शक्ति भएको बताउनुभयो । उहाँले सदरमुकाम र ग्रामीण क्षेत्रमा हुने अपराधिक र गैरकानूनि क्रियाकलाप न्यूनिकरणका लागि सक्रियता बढाउन प्रहरीलाई निर्देशनात्मक अनुरोध गर्दै त्यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रमकै अवसरमा अमर प्रहरीहरुको सम्झनामा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा तथा माल्यार्पण गरीएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मिलन केसीले चाडवाडको समयमा जिल्लामा विशेष सुरक्षा योजना अघि सारीएको जानकारी दिनुभयो । उहाँले नागरिक मैत्री सेवाका लागि प्रहरीले प्रहरी मेरो साथी र मुस्कान सहितको सेवा लगाएतका अभियानहरु सञ्चालन गरिरहेको बताउँदै कानूनी दायराभित्र रहेर नागरिकहरुलाई सेवा प्रदान गर्न आफु र आफ्नो संगठन सँधै सक्रिय हुने बताउनुभयो ।  

प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई जग्गा निशुल्क उपलब्ध गराउने जग्गा दाताहरुलाई सम्मान गरेको छ । गाँउ गाँउमा रहका प्रहरी युनिटलाई भवन निर्माणका लागि निशुल्क जग्गा दान दिने दाताहरुलाई प्रहरीले दिवस विशेष कार्यक्रम गरेर सम्मान गरेको हो ।  

यस्तै प्रहरी दिवसकै अवसरमा मंगलबार ओखलढुंगा सदरमुकामका विभिन्न बजार क्षेत्रमा सरसफाई समेत गरिएको थियो । 









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला