पूर्णप्रसाद न्यौपाने/असोज २०, ओखलढुंगा । आज ६१ औं प्रहरी दिवस, देशभर विविध कार्यक्रम गरि मनाइएको छ । प्रहरी दिवस ओखलढुंगामा पनि एक भव्य समारोह गरी मनाईएको छ । प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने/असोज २०, ओखलढुंगा । आज ६१ औं प्रहरी दिवस, देशभर विविध कार्यक्रम गरि मनाइएको छ । प्रहरी दिवस ओखलढुंगामा पनि एक भव्य समारोह गरी मनाईएको छ । प्"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

प्रहरी दिवस ओखलढुंगामा पनि मनाईयो (फोटो फिचर)

२० आश्विन २०७३, बिहीबार १०:१२

पूर्णप्रसाद न्यौपाने/असोज २०, ओखलढुंगा । आज ६१ औं प्रहरी दिवस, देशभर विविध कार्यक्रम गरि मनाइएको छ । प्रहरी दिवस ओखलढुंगामा पनि एक भव्य समारोह गरी मनाईएको छ । प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित सबै क्षेत्रका सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै सहभागिहरुले नेपाल प्रहरीको सेवा नागरिकमैत्री हुनुपर्नेमा जोड दिएका छन् । समाजमा हु्ने सवैखाले घटनाहरुसँग प्रहरीको सिधा सरोकार हुने भएकाले प्रहरीले निष्पक्ष र तटस्थ भएर काम गर्नुपर्ने बताएका हुन् । अनेकौँ चुनौती रहेको ओखलढुंगामा पर्याप्त जनशक्ती नरहेको अवस्थामा पनि प्रहरीले दिईरहेको सेवा निकै प्रभावकारी रहेको भन्दै कार्यक्रमका सबैजसो वत्ताहरुले प्रहरी सेवाको प्रशंसा गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लाको शान्ति सुव्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायहरुबिच आवश्यक समन्वय भईरहेको जानकारी दिँदै नागरिक समाज र समुदायका अगुवाहरुले पनि विषेश भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रजिअ अधिकारीले प्रहरीले आफ्ना गतिविधिलाई निष्पक्ष रुपमा सम्पादन गर्नुपर्ने बताउँदै प्रहरी नै आम नागरिकको सुरक्षाको पहिलो शक्ति भएको बताउनुभयो । उहाँले सदरमुकाम र ग्रामीण क्षेत्रमा हुने अपराधिक र गैरकानूनि क्रियाकलाप न्यूनिकरणका लागि सक्रियता बढाउन प्रहरीलाई निर्देशनात्मक अनुरोध गर्दै त्यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रमकै अवसरमा अमर प्रहरीहरुको सम्झनामा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा तथा माल्यार्पण गरीएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मिलन केसीले चाडवाडको समयमा जिल्लामा विशेष सुरक्षा योजना अघि सारीएको जानकारी दिनुभयो । उहाँले नागरिक मैत्री सेवाका लागि प्रहरीले प्रहरी मेरो साथी र मुस्कान सहितको सेवा लगाएतका अभियानहरु सञ्चालन गरिरहेको बताउँदै कानूनी दायराभित्र रहेर नागरिकहरुलाई सेवा प्रदान गर्न आफु र आफ्नो संगठन सँधै सक्रिय हुने बताउनुभयो ।  

प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई जग्गा निशुल्क उपलब्ध गराउने जग्गा दाताहरुलाई सम्मान गरेको छ । गाँउ गाँउमा रहका प्रहरी युनिटलाई भवन निर्माणका लागि निशुल्क जग्गा दान दिने दाताहरुलाई प्रहरीले दिवस विशेष कार्यक्रम गरेर सम्मान गरेको हो ।  

यस्तै प्रहरी दिवसकै अवसरमा मंगलबार ओखलढुंगा सदरमुकामका विभिन्न बजार क्षेत्रमा सरसफाई समेत गरिएको थियो । 









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू