२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नेपाल अर्बुद रोग निबारण सस्था मकबानपुर शाखाको १४ औ बार्षिक साधारण

१३ मंसिर २०७२, आईतवार ०१:५६

मङ्सिर १३, मकवानपुर । नेपाल अर्वुदरोग निवारण सस्थाको १४ औ वार्षिक साधारण सभा
सम्पन्न भएको छ । संस्थाकि अध्यक्ष कपिला जोसिको अध्यक्षतामा भएको सभामा सहायक प्रमुख जिल्ला अधिकारी
चन्द्र वहादुर कार्किको प्रमुख अतिथ्यता रहेको थियो । नेपाल अर्वुदरोग निवारण सस्थाका केन्द्रिय
उपकोषाध्यक्ष प्रकास खतिवडाको विशिस्थ आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि हरुको
आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका सचिव कुमार पौडेल र आर्थिक
प्रतिवेदन कोषाध्यक्ष संकरमान श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वोल्दै मकवानप’र उधोग
बाणिज्य संघका पुर्ब अध्यक्ष दिपक श्रेष्ट, डा. गिरिश उपाध्याय, ले क्यान्सरको कारक तत्व सुर्ती
जन्यबस्तु र धुम्रपान भएकोले सो त्याग्न अनुरोध गर्दै सस्थाको आगामी बार्षिक कार्ययोजना को
कार्यान्वयनको लागि सहयोगि भुमिका निर्बाह गर्ने बताउनु भएको थियो ।

बिशिष्ट अतिथि नेपाल अर्बुद
रोग निबारण सस्थाका केन्द्रिय उप कोषाध्यक्ष प्रकाश खतिवडाले सरकारि र गैरसरकारि सस्थाको समन्वय र
सहकार्यमा कार्यक्रम प्रभाबकारि हुने भएकोले क्यान्सरको कारक तत्वको सचेतना अभियानको रुपमा संचालन हुन
पर्ने बताउनु भयो । त्यस्तै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारि चन्द्र बहादुर कार्किले
सुर्तिजन्य ऐन २०६८ को सफल कार्यान्वयनको लागि कृयाशिल हुने बताउनु भयको थियो ।

१४ औ बार्षिक
साधारण सभाले पुन कपिला जोशिको सभाध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्बिरोध निर्बाचन गरेको छ । नब
निर्बाचित सदस्यहरुमा भिम प्रसाद तिमल्सिना, शंकरमान श्रेष्ट, बिश्व नाथ रेग्मी, अरबिन्द कुमार गुप्ता,
राम कुमार बिष्ट, धिरेन्द्र शाक्य, रमा राना, नरेन्द्र महर्जन, जय प्रकाश घिमिरे, संग्राम श्रेष्ट,
सुरसा ढुगाना, शोभा कुमारि बस्नेत, र बुद्धराम श्रेष्ट रहनु भएका छ ।

सस्थाको बिधान बमोजिम शाखा
कार्यसमितिको बैठकले उपसभापति, सचिब कोषाध्यक्ष लगायतको पदाधिकारि मनोनयन गर्ने ब्यबस्था रहेको प्रमुख
निर्बाचन अधिकृत प्रकाश खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…