प्रभात सुवेदी । असोज २२, बर्दिया । 

नेपाली कला र संस्कृतिमा पछिल्लो समयमा मौलाउँदै गएको विकृतिलाई न्यूनीकरण गर्दै आफ्नै मौलिकपनलाई प्रश्रय दिने उद्देश्यका साथ जिल्लाको धधवार गाविस २, बकलभारमा अनुकरणीय वृहद् सांस्कृत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज २२, बर्दिया । 

नेपाली कला र संस्कृतिमा पछिल्लो समयमा मौलाउँदै गएको विकृतिलाई न्यूनीकरण गर्दै आफ्नै मौलिकपनलाई प्रश्रय दिने उद्देश्यका साथ जिल्लाको धधवार गाविस २, बकलभारमा अनुकरणीय वृहद् सांस्कृत"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

यस्तो पो कार्यक्रम

२०७३, २२ आश्विन शनिबार १४:३३

प्रभात सुवेदी । असोज २२, बर्दिया । 

नेपाली कला र संस्कृतिमा पछिल्लो समयमा मौलाउँदै गएको विकृतिलाई न्यूनीकरण गर्दै आफ्नै मौलिकपनलाई प्रश्रय दिने उद्देश्यका साथ जिल्लाको धधवार गाविस २, बकलभारमा अनुकरणीय वृहद् सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

हिन्दुहरुको महान् वर्पहरु बडादशैं, दीपावली तथा छठको उपलक्ष्यमा डाईनामिक युवा स्पोर्टस क्लब धधवारले शुक्रबार दिउसो र साँझ गरी लागु पदार्थ दूव्र्यसनी, बालविवाह न्यूनीकरण तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण सम्बन्धी जनचेतनामूलक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

प्रस्तुती राख्दै बर्दियाली गायिका अनिता चलाउने ।

कार्यक्रममा कलारिताको क्षेत्रमा राष्ट्रिय पहिचान बनाइसकेका गायक गायिकाहरुको अत्यन्तै रोचक सांस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो । पछिल्लो समयमा लोक तथा आधुनिक गीत गायनको क्षेत्रमा ख्याती कमाउनुभएकी बर्दियाली चेली अनिता चलाउने, लोकगायकहरु गोपाल नेपाल जि.एम., प्रभात सुवेदी, लीला दर्लामी मगर, नृत्यकार विवश चौधरी, प्रतिमा चौधरीले आफ्नो प्रस्तुतीहरुका माध्यमबाट जनचेतनामूलक सन्देश दिएका थिए । भने आयोजक क्लबमा आबद्ध कलाकारहरुले पनि विविध मनोरञ्जनात्मक गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रम उदीयमान कार्यक्रम सञ्चालक दिपक भण्डारीले सञ्चालन गरेका थिए । 

कार्यक्रममा सहभागी कलाकारहरु सम्मानित भएपछि  अायोजकहरुसँगै सामुहिक तस्वीरमा ।

धधवार गाउँ विकास समतिका अध्यक्ष काशीराज गौतमको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष सन्तु वि.सी. को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकारहरुलाई सम्मान गरिएको थियो । यसैगरी साँझ गरिएको प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

धधवार निवासी तथा रोजगारको शिलशिलामा मेलसियामा रहेका युवाहरु, गाउँविकास समिति धधवार, जिल्ला विकास समिति लगायत विभिन्न स्थानीय व्यापारी तथा संघ संस्थाहरुको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमका अभियान्ता महेन्द्र विष्टले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन