प्रभात सुवेदी । असोज २२, बर्दिया । 

नेपाली कला र संस्कृतिमा पछिल्लो समयमा मौलाउँदै गएको विकृतिलाई न्यूनीकरण गर्दै आफ्नै मौलिकपनलाई प्रश्रय दिने उद्देश्यका साथ जिल्लाको धधवार गाविस २, बकलभारमा अनुकरणीय वृहद् सांस्कृत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज २२, बर्दिया । 

नेपाली कला र संस्कृतिमा पछिल्लो समयमा मौलाउँदै गएको विकृतिलाई न्यूनीकरण गर्दै आफ्नै मौलिकपनलाई प्रश्रय दिने उद्देश्यका साथ जिल्लाको धधवार गाविस २, बकलभारमा अनुकरणीय वृहद् सांस्कृत"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

यस्तो पो कार्यक्रम

२२ आश्विन २०७३, शनिबार १४:३३

प्रभात सुवेदी । असोज २२, बर्दिया । 

नेपाली कला र संस्कृतिमा पछिल्लो समयमा मौलाउँदै गएको विकृतिलाई न्यूनीकरण गर्दै आफ्नै मौलिकपनलाई प्रश्रय दिने उद्देश्यका साथ जिल्लाको धधवार गाविस २, बकलभारमा अनुकरणीय वृहद् सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

हिन्दुहरुको महान् वर्पहरु बडादशैं, दीपावली तथा छठको उपलक्ष्यमा डाईनामिक युवा स्पोर्टस क्लब धधवारले शुक्रबार दिउसो र साँझ गरी लागु पदार्थ दूव्र्यसनी, बालविवाह न्यूनीकरण तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण सम्बन्धी जनचेतनामूलक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

प्रस्तुती राख्दै बर्दियाली गायिका अनिता चलाउने ।

कार्यक्रममा कलारिताको क्षेत्रमा राष्ट्रिय पहिचान बनाइसकेका गायक गायिकाहरुको अत्यन्तै रोचक सांस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो । पछिल्लो समयमा लोक तथा आधुनिक गीत गायनको क्षेत्रमा ख्याती कमाउनुभएकी बर्दियाली चेली अनिता चलाउने, लोकगायकहरु गोपाल नेपाल जि.एम., प्रभात सुवेदी, लीला दर्लामी मगर, नृत्यकार विवश चौधरी, प्रतिमा चौधरीले आफ्नो प्रस्तुतीहरुका माध्यमबाट जनचेतनामूलक सन्देश दिएका थिए । भने आयोजक क्लबमा आबद्ध कलाकारहरुले पनि विविध मनोरञ्जनात्मक गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रम उदीयमान कार्यक्रम सञ्चालक दिपक भण्डारीले सञ्चालन गरेका थिए । 

कार्यक्रममा सहभागी कलाकारहरु सम्मानित भएपछि  अायोजकहरुसँगै सामुहिक तस्वीरमा ।

धधवार गाउँ विकास समतिका अध्यक्ष काशीराज गौतमको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष सन्तु वि.सी. को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकारहरुलाई सम्मान गरिएको थियो । यसैगरी साँझ गरिएको प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

धधवार निवासी तथा रोजगारको शिलशिलामा मेलसियामा रहेका युवाहरु, गाउँविकास समिति धधवार, जिल्ला विकास समिति लगायत विभिन्न स्थानीय व्यापारी तथा संघ संस्थाहरुको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमका अभियान्ता महेन्द्र विष्टले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू