८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

तमलोपा को दशै, दिपावली, मोहर्रम तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

२२ आश्विन २०७३, शनिबार १५:२५

रबिन्द्र यादव/ असोज २२,  नवलपरासी । तराई मधेस लोकतान्त्रिक पार्टी क्षेत्र नम्बर ६ ले दशै, दिपावली, मोहरर्म तथा छठ पर्वको उपलक्ष्यमा बेलाटारी मा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । तमलोपा का क्षेत्रीय अध्यक्ष रामपृत यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तमलोपा का केन्द्रीय सदस्य सुभान अलि अन्सारी रहनु भएको थियो । प्रमुख अतिथि अन्सारीले वर्तमान सरकारले मोर्चाको माग सम्बोधन गर्नमा विश्वास गर्नु भएको छ । साथै माग सम्बोधन न गरे सरकार बाट समर्थन फिर्ता लिने समेत बताउदै पुनः चरणबद्ध आन्दोलन गरिने धम्की दिनु भयो ।


 शुभकामना अदानप्रदान कार्यक्रममा तमलोपा केन्द्रीय सदस्य छबिलाल हरिजन, तराई मधेस युवा फ्रन्ट केन्द्रीय सदस्य करम हुसेन अन्सारी, ब्रिज मोहन यादव, रविप्रताप पाल, सुनिल गुप्त, अलियास अन्सारी लगायतले कार्यकर्तालाई सम्बोधन गरि शुभकामना दिनु भएको थियो । साथै तमलोपा क्षेत्रीय कार्य समितिले इन्दिरा सुगर मिल एण्ड एग्रो डिष्टिलरीज प्रा लि गंगापुर विरुद्ध आन्दोलित प्रदुषण पिडित संघर्ष समितिको आन्दोलन पार्टीको एक्बद्धता रहेको जनाएको छ । सो शुभकामना अदानप्रदान कार्यक्रममा दुई सय भन्दा बढी कार्यकर्ताको सहभागिता रहेको तमलोपा का क्षेत्रीय संयोजक रामपृत यादवले बताउनु भएको छ र कार्यक्रम संचालन लोकतान्त्रिक शिक्षक युनियन नवलपरासीका संयोजक अभिन्दन सिंहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू