सास । असोज २३, बर्दिया ।
यतिखेर बली दिइएका र मासु टुक्रा टुक्रा पारिएका तस्वीरहरु सामाजिक सञ्जालहरुमा राखेर प्रतियोगिता जस्तै गरिएको छ । चाहे वलीका नाममा होस् वा खानकै लागि निर्दोस प्राणी काट्नु  हत्या नै हो । रक्ताम्य तस्वीरहरु देखेर कतिपयलाई एलर्जी हुने वा बेहोस "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज २३, बर्दिया ।
यतिखेर बली दिइएका र मासु टुक्रा टुक्रा पारिएका तस्वीरहरु सामाजिक सञ्जालहरुमा राखेर प्रतियोगिता जस्तै गरिएको छ । चाहे वलीका नाममा होस् वा खानकै लागि निर्दोस प्राणी काट्नु  हत्या नै हो । रक्ताम्य तस्वीरहरु देखेर कतिपयलाई एलर्जी हुने वा बेहोस "/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया रेडक्रसमै वली : अर्को वर्षबाट नगरिने प्रतिवद्धता (३० वर्षदेखिको रिती तोड्न सकिएन : सभापति)

२३ आश्विन २०७३, आईतवार १६:१९

सास । असोज २३, बर्दिया ।
यतिखेर बली दिइएका र मासु टुक्रा टुक्रा पारिएका तस्वीरहरु सामाजिक सञ्जालहरुमा राखेर प्रतियोगिता जस्तै गरिएको छ । चाहे वलीका नाममा होस् वा खानकै लागि निर्दोस प्राणी काट्नु  हत्या नै हो । रक्ताम्य तस्वीरहरु देखेर कतिपयलाई एलर्जी हुने वा बेहोस हुने समस्या हुन्छ । यसरी सामाजिक सञ्जालहरुमा पोस्ट गरिएका रक्ताम्य तस्वीरहरु राखेर आफ्नो हिंसात्मक चरित्रलाई उदाङ्गो गर्नु पक्कै पनि मानवीय मूल्य र मान्यतामा पर्दैन ।
आज मात्रै नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखामा अष्टमी पूजा गर्दाका केही झलकहरु भन्दै जिल्ला कार्यसमितिका सदस्य हेमन्तराज अधिकारीले आफ्नो प्रोफाइलमा खसी बध गरेर मासु टुक्रा टुक्रा पारेका तस्वीरहरु पोस्ट गर्नुभएको थियो । साँझ मात्रै पोस्ट गरिएका यी तस्वीरहरुमा एक घण्टा मात्रै नवित्दै दर्जनौँ कमेन्टहरु आएका थिए । बर्दिया शाखाका सभापति कृष्ण गौतमलाई सासका बर्दिया सम्पादकले सम्पर्क गरी प्रश्न राख्दा केहीबेर अनविज्ञता प्रकट गरी के चिजको फोटो ? के भएको थियो र रेडक्रसमा ? जस्ता प्रश्नहरु उल्टै सोध्नुभयो । एकछिन अलमलमा पर्नुभयो तर पछि प्रष्ट भएपछि वहाँ पनि प्रष्ट भएर यस्तो धारणा राख्नुभयो ।

सभापति कृष्ण गौतमको भनाइ जस्ताको तस्तै ……
के चिजको फोटो ? रेडक्रसमा के थियो रे ? ए ! (कुरा बुझेपछि) यो त हाम्रो करिब करिब ३० वर्षदेखिको रिती हो । तोड्न सकिएको छैन । आज मात्र गरिएको हैन यो  लगातार छ । मैले के भन्याछु भने अर्को सालदेखि नगरौँ भनी यसपाली प्रस्ताव गरेको छु । पोस्ट गर्नु हुने थिएन त्यो गलत भो । मैले दुई ओटा दृश्यहरुको फोटो पोस्ट गर्नु हुँदैन भनेको छु एउटा बध र अर्को शबदाहको । एउटा खशी किन्नका लागि आर्थिक व्यवस्थापन त्यो ठूलो कुरै हैन २÷४ हजार त खर्च गर्नै पर्छ ३० वर्ष देखि चल्दै आएको रिती हो । म सभापति भएर मात्रै गरेको हैन । रिती तोड्न मलाई अलि सकस छ (हास्दै) । सायद अर्को सालबाट नगर्न सक्छु । मलाई लाग्दैन कि अर्को सालबाट म गर्छु । यो प्रथा रोक्ने प्रयास गर्छु । धेरै कुरा रोकिसकेको छु । यसलाई सकारात्मक रुपमा लिनुहोला । म रेडक्रसमा आएदेखि मैले धेरै चिज र भद्रगोल कति रोकेको छु, यसलाई बाहिर एक्पोज नगरौँ गर्न पनि मिलेन । यसललाई पोजेटिभली लिउँ । मैले धेरै कुराहरु कन्ट्रोल गर्दै यहाँसम्म ल्याएको छु । अर्को सालबाट रोक्छु । सबै जिल्लामा गर्छन् । कसरी रोकावट गर्ने यसका लगि हङ्गामा मच्चाउन पर्ने भाको छ मैले । आफुले नरोक्दा अरुले नगर्ने भएपछि हामीले नै शुरु गर्छौँ ।  अहिले साल दिमागमा लागेको भएपनि केही कर्मचारी साथीहरुले यो सभापतिले यसो गर्यो भन्छन् कि भनेर गरियो । खासमा मन्दिरमा हो गर्नुपर्ने तर प्रचलन अफिसमा भएकोले मलाई गाह«ो भयो । तपाईबाट आएको यो सल्लाहको लागि धन्यवाद छ । तपाईको यो पोजेटिभ कदमका लागि धन्यवाद ।
यसरी वहाँको अभिव्यक्ति आएलगत्तै तस्वीरहरुको पोस्ट भने हटाइएको छ । यो सकारात्मक कुरा हो तर फेरि पनि यस प्रकारका क्रियाकलापहरु नदोहोरिउनु भन्नाका लागि यो सकारात्मक समाचार सम्प्रेषण गरिएको हो । उक्त पोस्टमा आएका सबैजसो प्रतिक्रियाहरु यसको असहमतिमा थिए किनकी रेडक्रस जस्तो एउटा पवित्र संस्था जसले मानवता, तटस्थता, निष्पक्षता, ऐच्छिक सेवा, विश्वव्यापकता, स्वतन्त्रता, विश्वव्यापकता जस्ता सात सिद्धान्त बोकेर मानव कल्याणका लागि जुटेको छ यस्तो स्वयंसेवी विश्वव्यापी संस्थाको परिसरभित्रै यसो गरिनु भने कदापी राम्रो हैन । ‘यो क्रियाकलाप रेडक्रस जस्तो संस्थाका लागि शोभनीय कार्य भएन’ नेपाल रेडक्रस सोसाईटी कालिका उपशाखाका अध्यक्ष सोहराव खाँले भन्नुभयो । अागामी दिनमा हामीले बैठक बसेर यो कार्यलाई बन्द गर्नेछौँ जिल्ला सदस्य एवम् अाँखा उपचार केन्द्रका सँयोजक विष्णुप्रसाद भट्टराईले बताउनुभयो ।


उक्त पोस्टमा आएका केही कमेन्टहरु यस्ता थिए । (तलको तस्वीरमा पनि छन् )
कमेन्ट १. – त्यो पोस्टमा रेडक्रस जस्तो संस्थाले बोका काटेर पूजा गर्ने कुरा राम्रो होइन कि,
कमेन्ट २. – हात हतियार राख्ने कोतहरु र देवालयहरुमा त ठिकै हो तर रेडक्रसमा अष्टमीमा काटरमार सर ?
कमेन्ट ३. – मेटाउनुस (डिलिट),
कमेन्ट ४. – अस्टमी पूजा हो कि खाने उपाय ?
कमेन्ट ५. – ईट ईज अग्नेस्ट दि प्रिन्सिपल अफ रेडक्रस
कमेन्ट ६. – कहिलेकाहीँ यसो बोका क्रस ।
कमेन्ट ७. – ठिकै हो तर रेडक्रसमा अष्टमीमा काटमार सर ??
कमेन्ट ८. – यो रेडक्रसको साह«ै विपरित कार्य, बचाउँनेले मृत्यु दिएको भेरी भेरी स्याड ।
कमेन्ट ९. – पिक्चर हेर्नु त फस्ट पिक्चर त ज्योती मगर जस्तो भो हा हा हा ।


उपरोक्त प्रतिक्रियाका स्क्रिन सटहरु पनि यसैसाथ संलग्न छन् ।
यसरी एकातिर मानव कल्याणका लागि अहोरात्र खटिनेहरुले यसरी आफ्नै सेवाक्षेत्रमै काटमार गरेर रगतका धारा अनि मासुका टुक्राहरु प्रर्दन गर्नु राम्रो हैन । आगामी दिनमा यस्तो कार्य कदापी नहोस् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै