१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा बस र कार ठोक्किँदा एकको मृत्यु, चार घाइते

२७ आश्विन २०७३, बिहीबार ०३:५२

असोज २७, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलका अनुसार पोखराबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ७७९९ नंको बस र बा १३ च १६१७ नंको कार एकआपसमा ठक्कर खाँदा कारमा सवार नवलपरासी प्रसौनी–२ का ४० वर्षीया नारायणी अधिकारीको मृत्यु भएको हो ।

उनको मुख र टाउकामा गम्भीर चोट लागेकोमा उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइते हुनेमा प्रसौनी–२ का ४५ वर्षीय हडी अधिकारी, पाल्पा मदनपोखरा–६ की ३६ वर्षीया मीरा क्षेत्री, पाल्पा मदनपोखराकै कार चालक ३५ वर्षीय नारायण बस्याल र बसमा सवार मुगुकी सरस्वती चापागाईं रहेका छन् । घाइतेको उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का