१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरको बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार

२७ आश्विन २०७३, बिहीबार ०४:११

(हरिकुमार राई) | असोज ७, गाईघाट (उदयपुर) | उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिका अन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । 

बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताउनुभयो ।

भीमकुमारीको शव ल्याउने बित्तिकै माइती पक्षका र हजारौँ स्थानीयवासी, राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्षरुपमा जाइलागेपछि झडप सुरु भएको कुरा इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ । 

उक्त झडप नियन्त्रण गर्न इलाका प्रहरी कार्यालयको सम्पूर्ण प्रहरी शक्ति प्रयोग गरेर दर्जनौँ राउन्ड अश्रुग्यास प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख भीमकान्त सिलवालले बताउनुभयो । प्रहरीले सम्पूर्ण जनशक्ति लगाएर रातिको १२ बजेसम्ममा भीड नियन्त्रण भएपनि अझैसम्म बेल्टारबजार तनावग्रस्त रहेको कुरा स्थानीयवासीले बताएका छन् । 

बजारक्षेत्र तनावग्रस्त बन्दै गएपछि प्रहरी शक्तिसमेत अन्य क्षेत्रबाट थप्ने कार्य सुरु भएको र सम्भावित घटनालाई नियन्त्रण गर्ने तयारी प्रहरीले गरेको इलाका प्रहरी कार्यालय बेल्टारले गरेको छ । प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका राजेन्द्रसहित आफन्तलाई भीमकुमारीको शव लिन मोरङ पठाएर राति भीमकुमारीको शव ल्याउनेक्रममा बेल्टारबजारमा झडप र तनाव सुरु भएको प्रहरीले बताएको छ । 

अहिले बजार क्षेत्र तनावग्रस्त भए तापनि स्थानीय बुद्धिजीवी, राजनीतिक दलसहितका भद्रभलादमीलाई बोलाएर सो विषयमा छलफल गर्न इलाका प्रहरी कार्यालय बेल्टारले तयारीसमेत गरेको प्रहरी प्रमुख भीमकान्त सिलवालले बताउनुभयो । भीमकुमारीको शव पनि इलाका प्रहरी कार्यालय बेल्टारमा नै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ । 

पाँच दिनअघि भीमकुमारी कटुवालको मोरङको सिजुवामा बस्दै आएका आफ्नै देवर सुवास कटुवालले फोनबाट बोलाएर नजिकैको बेतौनाको जङ्गलमा लगेर बीभत्स तरिकाले हत्या गरेर सुवासले विष सेवन गरेका थिए । अहिले सुवासको अस्पतालमा उपचार भइरहेको छ भने भाउजूको हत्या आफूले नै गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ । तर भीमकुमारीको हत्यामा राजेन्द्र आफैँ र सबै घरपरिवारको संलग्नता रहेको भीमकुमारीको माइती पक्षको दाबी रहेको छ । 

राजेन्द्र स्वयम् पनि प्रहरी सेवामा कार्यरत रहेको र यसअघि नै उसले कान्छी श्रीमतीसमेत विवाह गरेर लुकाएर राखेका कारण भीमकुमारीको हत्या गरेको माइती पक्षको आरोप रहेको पनि प्रहरीले बताएको छ । 

यसअघि नै राजेन्द्रको परिवारका सबै ६ जना र राजेन्द्रसहितलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको पनि इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का