१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा यस्तो छ मोहर्रम ( ताजीया ) मेला (फोटो फिचर)

२८ आश्विन २०७३, शुक्रबार ०८:४२

मोहम्मद ईजहार शेष/ असोज २८, नवलपरासी । मुस्लीम समुदायहरुको तेस्रो महान पर्व मोहरमको अवसरमा नवलपरासीको बिभिन्न स्थानमा बिशाल ताजिया बनाईएको छ  ।  यसवर्ष जिल्लाको रमपुरवाँ, भुजहजाँ, पाल्ही, कुश्मा लगायतका स्थानमा बिशाल ताजिया बनाईएको हो  । जसमध्यै सबैभन्दा नवलपरासीको रमपुरवामा निमार्ण गरिएको  छ  ।


जनु देशमै सबैभन्दा बिशाल ताजिया  रहेको छ  । जसको क्षेत्रफल करिब एक सय फिट चौडाई र एक सय ५० फिट अग्लो रहेको छ  । देशमै सबैभन्दा ठुलो मानिएको  रमपुरवा निमार्ण गरिएको  ताजिया र जिल्लाकै ठुलो पाल्हीमा  निमार्ण गरिएको ताजियाको  पुर्व गृह राज्य मन्त्री एवंम् नेपाली कागं्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले गर्नुभएको थियो  । सो अवसरमा बोल्दै कण्डेलले लोप हुदै गएको कला सांस्कृति जगेर्ना गर्न सबै नेपाली आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताउनुभयो  । कण्डेलले  नेपाली समुदायको ईतिहास कला संस्कृति संग जोडिएकाले आफ्नो ईतिहास कायम राख्न पनि सबै नेपालीले आ आफ्नो धार्मिक कला संस्कृतिलाई लोप हुनबाट जोगाउनुपर्ने बताउनुभयो  ।  मुस्लिम समुदायको तेश्रो महान पर्व  मोहरमको अवसरमा ताजिया  निमार्ण गरिएको सबै स्थानमा मेला   लागेको  छ ।


मेलाको  जिल्लाको ग्रामिण भेगका विभिन्न ठाउँहरुमा बाँसको ठुलोठुलो ताजिया बनाई भव्य मेला संचालन गरिएको हो । मेला शुक्रबार सम्म चल्ने छ  ।  ताजियाका लागि बाँस, रिम कागज, काँटी, तार र गम आवश्यक पर्ने ताजिया मिस्त्री फरजुल्लाह डफालीले बताएका छन् । तीन दिन चल्ने ताजिया मेलामा थकरी, ढाँकतासा, लाठीभाला समेतको खेल प्रतियोगित संचालन गरिएको छ ।


ताजिया मेलामा नेपाल र छिमेकी राष्ट्र भारतबाट दर्शानार्थीहरुको घुईचो लागेको बताइएको छ ।  हिजरीको पहिलो महिना मोहर्रमुल हरामको १० तारिखका दिन ईस्लामका संरक्षक धर्मगुरु हजरत ईमाम हुसैन आफनो घरपरिवार सहित ७२ जनालाई ईस्लाम धर्मलाई बचाउनका लागि ईराकको बगदाद स्थित करबलामा शहिद भएकाले उनको यादलाई तरोताजा बनाउन ताजिया बनाई दर्शन गर्ने मुस्लिम समुदायको परम्परागत चलन चल्दै आएको छ । देशका विभिन्न तराई क्षेत्रमा ठुलो ठुलो बाँसका ताजिया हिन्दु मुस्लिम दुबै समुदाय मिली बनाउने र मेला संचालन गर्ने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का