२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा यस्तो छ मोहर्रम ( ताजीया ) मेला (फोटो फिचर)

२०७३, २८ आश्विन शुक्रबार ०८:४२

मोहम्मद ईजहार शेष/ असोज २८, नवलपरासी । मुस्लीम समुदायहरुको तेस्रो महान पर्व मोहरमको अवसरमा नवलपरासीको बिभिन्न स्थानमा बिशाल ताजिया बनाईएको छ  ।  यसवर्ष जिल्लाको रमपुरवाँ, भुजहजाँ, पाल्ही, कुश्मा लगायतका स्थानमा बिशाल ताजिया बनाईएको हो  । जसमध्यै सबैभन्दा नवलपरासीको रमपुरवामा निमार्ण गरिएको  छ  ।


जनु देशमै सबैभन्दा बिशाल ताजिया  रहेको छ  । जसको क्षेत्रफल करिब एक सय फिट चौडाई र एक सय ५० फिट अग्लो रहेको छ  । देशमै सबैभन्दा ठुलो मानिएको  रमपुरवा निमार्ण गरिएको  ताजिया र जिल्लाकै ठुलो पाल्हीमा  निमार्ण गरिएको ताजियाको  पुर्व गृह राज्य मन्त्री एवंम् नेपाली कागं्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले गर्नुभएको थियो  । सो अवसरमा बोल्दै कण्डेलले लोप हुदै गएको कला सांस्कृति जगेर्ना गर्न सबै नेपाली आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताउनुभयो  । कण्डेलले  नेपाली समुदायको ईतिहास कला संस्कृति संग जोडिएकाले आफ्नो ईतिहास कायम राख्न पनि सबै नेपालीले आ आफ्नो धार्मिक कला संस्कृतिलाई लोप हुनबाट जोगाउनुपर्ने बताउनुभयो  ।  मुस्लिम समुदायको तेश्रो महान पर्व  मोहरमको अवसरमा ताजिया  निमार्ण गरिएको सबै स्थानमा मेला   लागेको  छ ।


मेलाको  जिल्लाको ग्रामिण भेगका विभिन्न ठाउँहरुमा बाँसको ठुलोठुलो ताजिया बनाई भव्य मेला संचालन गरिएको हो । मेला शुक्रबार सम्म चल्ने छ  ।  ताजियाका लागि बाँस, रिम कागज, काँटी, तार र गम आवश्यक पर्ने ताजिया मिस्त्री फरजुल्लाह डफालीले बताएका छन् । तीन दिन चल्ने ताजिया मेलामा थकरी, ढाँकतासा, लाठीभाला समेतको खेल प्रतियोगित संचालन गरिएको छ ।


ताजिया मेलामा नेपाल र छिमेकी राष्ट्र भारतबाट दर्शानार्थीहरुको घुईचो लागेको बताइएको छ ।  हिजरीको पहिलो महिना मोहर्रमुल हरामको १० तारिखका दिन ईस्लामका संरक्षक धर्मगुरु हजरत ईमाम हुसैन आफनो घरपरिवार सहित ७२ जनालाई ईस्लाम धर्मलाई बचाउनका लागि ईराकको बगदाद स्थित करबलामा शहिद भएकाले उनको यादलाई तरोताजा बनाउन ताजिया बनाई दर्शन गर्ने मुस्लिम समुदायको परम्परागत चलन चल्दै आएको छ । देशका विभिन्न तराई क्षेत्रमा ठुलो ठुलो बाँसका ताजिया हिन्दु मुस्लिम दुबै समुदाय मिली बनाउने र मेला संचालन गर्ने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल