८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

बाबुआमाले रक्सि खाएर घर छोडेपछि बालबच्चा विचल्लिमा, सहयोगको आग्रह

२८ आश्विन २०७३, शुक्रबार ०९:५७

विनोद डाँगी/ असोज २८, रोल्पा । बाबाआमाले रक्सि खाएर घर छोडेर हिडेपछि मिझिङ ९ कोइरालखर्कका एक परिवारका बालबच्चा विचल्लिमा परेका छन । जाडँ रक्सि धेरै खाने र घरका सन्तानालाइ कुनै वास्ता नगर्ने गरेका कोइरालखर्कका ३६ बर्षिय पुर्ख बहादुर सुनार र  ३८ बर्षिय आमा रामसरि सुनारले गएको २ महिनादेखि घर छोडेका छन ।  आफुहरु ग्वाला गएको बेला साझमा फर्किदा आमा र बाबा घरमा नभएको  जेठो छोरा सुरज सुनारले बताउनुभयो । आमाबाबाले घर छोडेर हिडेपछि घरमा रहेका ३ सन्तानहरु अहिले छिमेकिको घरमा सरण परेका छन ।


आफु अहिले कक्षा ६ मा पढ्ढै गरेको  र आमाबाबा यसरि गायब भएपछि भाइबहिनि र आफ्नो पेट पाल्न आफुहरु छिमेकि अंकलको घरमा सरण परेको १६ बर्षिय जेठा छोरा सुरज सुनारले सबैलाइ सहयोग गरिदिन आग्रह गर्नुभएको छ  । सुनार अहिले छिमेकि अंकल हिमाल सुनारको घरमा बस्दै आएका छन । अंकल हिमालले पनि आफुहरुले खोजिको लागि प्रयास गरिरहेको बताउनुभएको छ । सुनार दम्पति टाढा नगएको र जाडँ रक्सि सेवन गर्दै ठाउँठाउँ डुलिरहेको तर कुन ठाँउमा छन भन्ने आफुहरुलाइ थाहा नभएको उहाँले बताउनुभयो  । छोरा सुरजले प्रहरिमा आफु बुझ्न गएको तर निवेदन लेख्नुपर्ने भनेपछि नसकेर फर्केको बताउनुभयो ।



पढ्ने उमेरमा आफुहरुलाइ आमाबाबाले बिचल्लि पारेको भन्दै सुरजले आफुहरुलाइ सहयोग गर्न सबैलाइ आग्रह गर्नुभएको छ ।  अहिले आफुहरुलाई साझ के खाने बिहान के खाने भनेर समस्या परेको उहाँले बताउनुभयो । यता रेडक्रस सुलिचौर शाखाका सभापति गन्ज क्षेत्रिले आफुपनि उत्त ठाउँकै भएकोले यस्ता खालका समस्या निराकरणको लाग सक्दो सहयोग गर्ने र संबन्धित निकायसंग आफुले समन्वय गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता