दलसिंह गिरी | असोज २९, कालिकोट | यहि आउने कार्तिक २ र ३ गते देशभरका ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | असोज २९, कालिकोट | यहि आउने कार्तिक २ र ३ गते देशभरका ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ । 
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै

२०७३, २९ आश्विन शनिबार १२:२५

दलसिंह गिरी | असोज २९, कालिकोट | यहि आउने कार्तिक २ र ३ गते देशभरका ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ । 

यसै राष्ट्रिय अभियान अनुसार कालिकोटमा पनि भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत संचालित अभियानमा ६ महिना देखि ५ बर्ष सम्मका कालिकोटका १५ हजार ६ सय २९ बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्याक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।

जिल्लाका ३० वटै गाविसमा रहेका बालबालिबालाई भिटामिन ए र जुकाको औषधि खुवाउन जिल्लाभर २ सय ९४ महिला स्वास्थ्य स्वयंसेविकाहरु खटाईएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका पोषण कार्यक्रम फोकल पर्शन कटक महले जानकारी दिनु भएको छ । भिटामिन ए को कमीले भविष्यमा बालबालिकालाई रतन्धो, कुपोषण, दीर्घकालिन झाडापखाला, दादुरा लगायतका रोग लाग्ने फोकल पर्शन महतले बताउनु भएको छ । भिटामिन ए को कमीका कारण लाग्ने रोगको रोकथामका लागि नेपाल सरकारले २०५० सालदेखि नियमित रुपमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको र यो अभियान अनुसार नियमित बैशाख ६, र ७ गते साथै कार्तिकको २ र ३ गते गरी बर्षको २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल