२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कार आरोपमा गोरखाका माओवादी नेता देवकोटा पक्राउ

२०८०, १ पुष आईतवार ०७:३३

पुस १, काठमाडौं | प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए  ।

काठमाडौं–३२, पेप्सिकोलास्थित देवकोटाको घरमा पहिले बसेकी १७ वर्षीया किशोरीले प्रहरी कहाँ देवाकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । देवकोटाले आफ्नै संरक्षणमा राखेर एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा भनिएको छ । पछिल्लो समय २६ भदौ २०८० मा उनले करणी गरेको जाहेरीमा उल्लेख छ ।

सोही किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सिकोला बस्ने २७ वर्षीय दिपेश नेपालीलाई पनि पक्राउ गरेको छ । प्रहरी वृत्त, बानेश्वरका डीएसपी शिवराज बुढाथोकीका अनुसार, देवकोटा र नेपालीले फरकफरक समयमा बलात्कार गरेको छुट्टाछुट्टै जाहेरी प्रहरी कहाँ छ । प्रहरीका अनुसार, नेपाली पीडितका प्रेमी हुन् ।

जिल्ला अदालत, काठमाडौंबाट दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ । पीडितलाई स्वास्थ्य जाँचपछि संरक्षण गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय