2026-06-19 04:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोजगारीको प्रलोभन देखाई ५१ जनालाई ठगेर सम्पर्कविहीन भएका उपाध्याय दुबईबाट पक्राउ

पुस १, काठमाडौँ |  ५१ जनालाई ठगेर सम्पर्कविहीन भएका एक व्यक्तिलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको छ। ५१ जनाबाट ठूलो रकम ठगेर दुबईमै बस्दै आएका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याइएको हो।

ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका सर्लाहीको साविक जानकीनगर गाविस–७ का उपाध्यायलाई शुक्रबार नेपाल ल्याइएको हो। नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) अबुधावीको समन्वयमा दुबईको यूएईमा पक्राउ परेका उनलाई ठगी मुद्दामा कारबाहीका लागि नेपाल ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए।

उपाध्यायसमेत सञ्चालक रहेको ‘त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिज, खलिदा बिन अल विल्ड रोड, अलराफा’ले यूएईस्थित दुबईमा आम्र्स गार्ड, डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई रकम लिएर ठगी गरेको थियो।

नेपाली युवाहरुलाई भिजिट भिसामार्फत् दुबई बोलाएको, रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भने बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितहरूले उनीविरूद्ध जाहेरी दरखास्त दिएका थिए।

ठूलो संख्यामा ठगिएको भन्दै पीडितहरुले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ठगी सम्बन्धी कसुरमा उजुरी दिएका थिए। अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो