रबिन्द्र यादव/ असोज २९ नवलपरासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ अौ जिल्ला परिषद तथा ९ अौ जिल्ला अधिवेशन गैडाकोट मा उद्घाटन सत्र सकिएको छ आजको अधिवेश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ असोज २९ नवलपरासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ अौ जिल्ला परिषद तथा ९ अौ जिल्ला अधिवेशन गैडाकोट मा उद्घाटन सत्र सकिएको छ आजको अधिवेश"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मानव अधिकार शान्ति समाज नवलपरासीको ९ अौ अधिवेशनले १५ सदस्यीय नया नेतृत्व छनौट गर्दै

२९ आश्विन २०७३, शनिबार १२:४१

रबिन्द्र यादव/ असोज २९ नवलपरासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ अौ जिल्ला परिषद तथा ९ अौ जिल्ला अधिवेशन गैडाकोट मा उद्घाटन सत्र सकिएको छ आजको अधिवेशनले १५ सदस्यीय नया नेतृत्व छनौट गरिने बुझिएको छ । उद्घाटन कार्यक्रम मानव अधिकार शान्ति समाज नवलपरासीका सभापति कुलदिप प्रसाद आचार्य को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस संसदीय दलका सदस्य बिक्रम खनाल रहनु भएको थियो । प्रमुख अतिथि खनालले लोकतन्त्रलाई मजबुत बनाउन मानव अधिकारको क्षेत्रलाई बलियो बनाउनु पर्ने बताउनु हुँदै मानव अधिकार बलियो भए मात्र राजनिती बलियो हुनेमा जोड दिनु भयो ।


विकासको मुहान फुकाउन मानव अधिकारको भुमिका महत्त्वपूर्ण हुने, मानव अधिकार विपरित हुने क्रियाकलाप लाई न्युनिकरण गर्न मानव अधिकारकर्मीको महत्वपुर्ण भुमिका हुने बताउनु भएको थियो । गैडाकोट मा भएको मानव अधिकार शान्ति समाजको ९ अौ अधिवेशन उद्घटन सत्रमा समाजका केन्द्रीय सभापति गंगाधर अधिकारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य धन प्रसाद सापकोटा, केन्द्रीय सदस्य श्याम सुन्दर पराजुली, राजेन्द्र पौडेल, समाजका चितवन सभापति काशीराम गिरी, मानव अधिकार शान्ति समाज नवलपरासीको उप सभापति माधव प्रसाद गौतम, नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदी, विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटा, उद्योग वाणिज्य संघ गैडाकोट का सचिव छविलाल काफ्ले लगायतले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो । स्रोतले दिएको जानकारी अनुसार नया नेतृत्व छनौट सर्व सहमतिमा हुने बुझिएको छ । अहिले समाजको उद्घाटन सत्र सकिएर बन्द सत्र सुरु भएको अधिवेशनमा सहभागी एक जनाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता