2026-06-16 05:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झण्डै आधा शताब्दी जेल सजाय भोगेपछि जो निर्दोष साबित भए

पुस ५, न्यूयोर्क । अमेरिकाको ओक्लाहोमामा झन्डै आधा शताब्दीसम्म हत्या आरोपमा जेल सजाय भोगेका एक पुरुषलाई निर्दोष घोषित गरिएको छ । सन् १९७४ मा भएको एउटा हत्या मामिलामा ग्लेन सिमन्सले ४८ वर्षसम्म कारावासमा जीवन बिताएका थिए । अमेरिकी इतिहासको निर्दोष व्यक्तिले पाएको यो सबैभन्दा लामो सजाय हो । गएको जुलाईमा न्यायाधीशले नयाँ सुनवाईका लागि आदेश दिएपछि ७० वर्षिय सिमन्स अहिले आएर रिहा भए ।


सोमबार काउन्टी जिल्ला न्यायाधिवक्ताले उनलाई थुनामा राख्न पर्याप्त प्रमाण नभएको बताइन् । यसअघि ओक्लाहोमा काउन्टी जिल्लाका न्यायाधीश एमी पालुम्बोले सिमन्स निर्दोष भएको फैसला सुनाएकी थिइन् । सिमन्सलाई जुन अभियोग चलाएर जेलमा राखियो ती अपराध उनले नगरेको स्पष्ट र ठोस प्रमाण अदालतले पाएको पालुम्बोले फैसला सुनाउने क्रममा भनिन् । सन् १९७४ मा ओक्लाहोमा शहरको एउटा मदिरा पसलमा लुटपाटको बेलामा क्यारोलिन सु रोजर्स भन्ने व्यक्तिको हत्या मामिलामा सिमन्सले ४८ वर्ष एक महिना र १८ दिन जेल सजाय भोगे ।

निर्दोष भएर पनि जेल सजाय काटिएको अमेरिकी इतिहासको यो अहिलेसम्मकै धेरै अवधि हो । यो घटनामा सन् १९७५ मा सिमन्स र अर्का प्रतिवादी डन रबन्सले मृत्यु दण्डको सजाय पाए । यतिबेला सिमन्स जम्मा २२ वर्षका थिए । मृत्युदण्डबारे अमेरिकाको सर्वोच्च अदालतको फैसलाका कारण पछि यो सजायलाई घटाएर आजीवन कारावासमा झारियो । हत्याको बेलामा आफू लुइजियानास्थित घरमा रहेको सिमन्सको भनाइ थियो ।

लुटपाटका क्रममा टाउकोमा पछाडिबाट गोली लागेका एक किशोरले दिएको बयानका आधारमा सिमन्स र रोबर्टस्माथि अभियोग चलाइएको थियो । ती किशोरले प्रहरीले लहरै उभ्याएका मानिसहरूतर्फ फर्किएर आरोपीहरू पहिचान गर्ने क्रममा धेरै जनातर्फ औँला देखाएका थिए । रोबर्टस्लाई भने सन् २००८ मा रिहा गरिएको थियो । निर्दोष भएर पनि गल्तीले जेल सजाय भोग्नेहरुले ओक्लाहोमामा १ लाख ७५ हजार डलरसम्म क्षतिपूर्ति पाउन सक्छन् । सिमन्स अहिले कलेजोको क्यान्सरबाट पीडित छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल