2026-06-16 05:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इन्टरपोलको समन्वयमा विदेशबाट पक्राउ गरी ल्याइयो चार जना

पुस ५, काठमाडौं | नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ। प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरूलाई नेपाल ल्याइएको हो।


प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईबाट तीन तथा कुबेतबाट एकजनालाई नेपाल ल्याइएको हो। विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्युठानको सरुमारानी गाउँपालिका १ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो।

यसअघि स्याङ्जाको वालिङ नगरपालिका ११ भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका ८ का ३१ वर्षीय उमेश लामा र सर्लाहीको जानकीनगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याएको प्रहरी नायब महानिरीक्षक कडायतले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल