१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पको पराकंप जाने क्रम बढेपछी सर्वसाधारणमा चिन्ता

२९ आश्विन २०७३, शनिबार १६:२०

असोज २९, काठमाडौँ | पछिल्लो साता लगातार दोलखामा दुईपटक र रसुवामा एक पटक भूकम्पको पराकंप गएपछी सर्वसाधारणमा चिन्ता बढेको छ । 

दशैंको अवधिभर लगातार २/३ दिनको अन्तरमा भूकम्पको धक्का महशुस हुन थालेपछि चिन्ता बढेको हो । आज मात्र पनि रसुवाको ठूलोगाउँ गाविस आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टरको भूकम्पको परकम्प गएको छ । 

यसअघि ३ दिन अघि अर्थात असोज २६ गतेको दिन दोलखा केन्द्रविन्दु भई ४.१ रिक्टरको परकम्प गएको थियो । त्यस अघि असोज एक दिन पहिले अर्थात असोज २५ गते पनि दोलखालाई केन्द्रबिन्दु बनाई ४.६ रेक्टरको पराकंप गएको थियो । भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो ९ दिनमा ४ रेक्टर माथिका ४ पटक भूकम्पको धक्का महशुश भएको छ । 

तर भूकम्प मापन केन्द्रले पछिल्ला भूकम्पहरु पनि २०७२ वैशाख १२ गते (७.६ रिक्टर स्केल) को गोरखा भूकम्पपछिको पराकंप भएको भन्दै नआत्तिन आग्रह गरेको छ । केन्द्रले वैशाख १२ को महा भूकम्पपछी हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४७३ परकम्प गएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का