2026-06-19 05:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानको शौचालयमा शिशु जन्माएकी महिलाको बयान- नेपाली केटासँग प्रेममा थिएँ

पुस १०, काठमाडौँ | एयर अरेबिया विमानको शौचालयमा शिशु जन्माएर हिँडेकी महिलाले आफू नेपाली केटासँग प्रेममा भएको बताएकी छन् ।

सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत ती महिलाले प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा यूएईमा रहँदा नेपाली केटासँग प्रेम सम्बन्धमा रहेको र बच्चा जन्माउन नै नेपाल आएको बताएकी हुन् ।

‘म बच्चा जन्माउन नै नेपाल आएकी हुँ’, काठमाडौं प्रहरीका एक अधिकारीले ती महिलालाई उद्धृत गर्दै भने ।

यूएईबाट त्रिभुवन विमानस्थलमा अवतरण भएको एयर अरेबियाको विमानको शौचालयभित्र पुस ४ गते नवजात शिशु मृत फेला परेको थियो । सरसफाइ गर्ने क्रममा विमानका कर्मचारीले नवजात शिशु फेला पारेका थिए ।

त्यसपछि विमानबाट ओर्लिएर अध्यागमनतर्फ जाँदै गरेकी नवलपरासीको बर्दघाटकी ३० वर्षीय ती महिला पक्राउ परेकी थिइन् । शारीरिक अवस्था कमजोर देखेपछि प्रहरीले उनलाई तत्कालै केएमसी पुर्‍याएर आईसीयूमा भर्ना गरेको थियो ।

महिलाले करिब ९ महिनामा विमानभित्रै शिशु जन्मिएको प्रहरीलाई बताएकी छन् । ‘शौचालयमा गएपछि म बेहोस भएँ । पछि के के भयो, थाहै पाइनँ । प्रहरीले समातेपछि झसङ्ग भएँ’, हाल उपचारकै क्रममा रहेकी ती महिलाको भनाइ उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने ।

महिलाले प्रेमी सम्पर्कमै रहेको बताएकी छन् । साढे तीन वर्षअघि वैदेशिक रोजगारीमा गएकी ती महिलाले आफू यूएईमा होटलको कर्मचारी भएको बताएकी छन् । प्रहरीका अनुसार उनी होटलमा हाउस किपिङलगायतको काम गर्थिन् ।

प्रहरीले ती महिलाका आफन्तलाई पनि सम्पर्कमा ल्याएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि आवश्यक अनुसन्धान अगाडि बढाउने तयारी महानगरीय प्रहरी वृत्त गौशालाको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली